पार्टी उम्मेद्वारलाई मतदान नगरे क्षम्य हुँदैनः प्रधानमन्त्री ओली
बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित

काठमाडौं, जेठ ५ / नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न आह्वान गरेका छन् ।

बुधबार अपिल जारी गर्दै ओलीले सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान गर्न पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।

बादल एमालेको उम्मेद्वार भएकाले पार्टी निर्णय विपरीत मतदान नगर्न ओलीले चेतावनी पनि दिएका छन् । पार्टी उम्मेद्वारलाई मतदान नगर्नु एमाले पार्टीमा मात्रै नभएर बहुदलीय शासन प्रणालीमा पनि स्वीकार्य र क्षम्य नहुने अपिलमा उल्लेख छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर