कलाकार मदनकृष्ण श्रेष्ठलाई एक्कासी के भयो एस्तो फेरी अस्पतालमा भर्ना!!
सोमबार, जेठ २४, २०७८ मा प्रकाशित

काठमाडौं:

बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन्। हिजो अचानक मुटुमा समस्या आएपछि श्रेष्ठ गंगालाल अस्पताल भर्ना भएका थिए।उनको मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न डा धर्मा यादवले बताए। हिजो गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएका भएका श्रेष्ठलाई आज डिलक्स रुममा सारिएको समेत डा यादवले बताए। हाल उनको अबस्था खतरा मुक्त रहेको पनि उपचारमा संलग्न चिकित्सकले बताएका छन्। केही अघि मात्र उनी संक्रमणबाट मुक्त भएर घरमा आराम गरिरहेका थिए।

 

कलाकार श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौँमा भएको हो। उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुन्। त्यसो त अर्की आमाका तर्फबाट भाइ र दुई बहिनी छन्। उनका भाइ नीरव श्रेष्ठ अमेरिकामा नै छन्। बहिनीहरू साधना र सविनाचाहिं यतै छन्। उनका पिताका चारवटा पत्नी थिए। मदनकृष्ण जन्मेको ६ महिनापछि उनकी आमा लक्ष्मी बितिन्। त्यसपछि अर्को विवाह गरे। उनी पनि बितेपछि फेरी अर्को विवाह गरे। दुई पत्नीबाट जायजन्म भएनन्। कान्छी आमाले मदनकृष्णलाई छोराकै व्यवहार गर्छिन् र मदनकृष्ण भन्छन्, आमाकै जति माया मैले कान्छीआमाबाट पाएको छु।

 

मदनकृष्णको बाल्यकाल काठमाडौँ जितपुरफेदीमा बित्यो। कहिलेकाहीं खसिखेल पनि पुग्थे। त्यहाँ उनका थुप्रै्र साथीहरू छन्। रञ्जना हल बनाउँदा इँटाको मोटर बनाएर खेलेको उनको सम्झना छ। उनको स्कुले जीवन अलि डामाडोल नै रह्यो। १ कक्षा विश्वज्योति सिनेमा भवनअगाडिको स्कुलमा पढे। २, ३, ४ जितपुरफेदीमा पढे। ५ कक्षामा कन्या विद्यामन्दिरमा, ६ कक्षा दरबार हाइस्कुल, ७ पद्मोदय, ८ शान्ति विद्यागृह, ९ जुद्धोदय, १० त्रिभुवन दरबार स्कुल, टेस्ट पास भए शान्ति निकुञ्जबाट। बसाइ सरेकाले त्यस्तो भएको उनको अनुभव छ।

 

उनी भन्छन्– म पढ्नमा कमजोर थिइनँ।तर, बलियो हुन पनि पाइनँ। एसएलसीपछि महेन्द्ररत्न पब्लिक कमर्स कलेजमा आइकम गरे। बीकमको प्राइभेट जाँच दिए।अभिनयमा लागेकाले पढाइ अधुरै रह्यो। लामो समय देखि क्यान्सरबाट पीडित मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको २०७४ चैत्र १९ गते राति ललितपुरको हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालमा निधन भएको छ । यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । मंगलवार २० गते वहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय