एक किशोरीलाई अपहरण गरी बलात्कार गर्ने आरोपी खुलेआम घुम्दै!!
सोमबार, जेठ २४, २०७८ मा प्रकाशित

 

सुनसरी:

देवानगंज गाउँपालिकाका १७ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपी खुलेआम घुमी रहेको खुलासा भएको हो ।

 

 

 

गत जेष्ठ १७ गते सोमबारका दिन देवानगंज गाउँपालिकाको वडा नम्बर २ को निरन्जन पासवानले सोही वडाको १७ वर्षीया एक किशोरीलाई बिहानको छ बजे अपहरण गरेको थियो । उनलाई उखु खेतमा लगेर बलात्कार गरेको पीडित किशोरीले बताउदै जेष्ठ २३ गते पत्रकार सम्मेलन गरी न्यायको माग गरेकि हुन ।

 

 

 

देवानगंज गाउँपालिकाको वडा न. २ का अध्यक्ष मजलुम मियाले घटना सुन्न साथ ईलाका प्रहरी कार्यालय देवानगंजलाई जानकारी गराइ पीडित पक्षलाई न्यायका लागी माग गरेका छन् । जिल्ला अस्पताल इनरुवामा स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको र जिल्ला प्रहरी कार्यालय सुनसरीमा मुद्दा दर्ता गरिसकेको पीडितकी बुबाले जानकारी दिदै आफुहरुलाई न्यायको लागि सरोकारवालाहरु लगायत नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।

श्रोत : सुनसरी पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय