मदिरा खुवाएर राउटे युवतिमाथि दुर्व्यवहार
सोमबार, जेठ २४, २०७८ मा प्रकाशित

सुर्खेत

सुर्खेतमा मदिरा खुवाएर केही युवकले लोपोन्मुख राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गरेका छन् ।

 

होटेलमा लिएर दुईजना राउटे युवतीलाई मदिरा खुवाई युवकहरुले दुर्व्यवहार गरेको भिडियोसमेत सार्वजनिक भएको हो ।

 

 

युवतीमाथि दुव्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

 

 

यूवतीलाई मदिरा सेवन गराई भिडियो बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

 

डीएसपी घर्तीका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका-९ बोटेचौर सुर्खेतका २९ वर्षीय विनोद पुन, सोही ठाउँका ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्ऽ बुढा रहेका छन् ।

 

पुन होटल सञ्चालक हुन् । उनको होटलमा उनीसहित तीनजना युवाले राउटे समुदायकी दुईजना युवतीलाई लिएर आफू अर्धनग्न भएर भिडिओ बनाएका थिए ।

 

उनीहरूले बनाएको भिडिओ सामाजिक सञ्जालमा अपलोड भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

भिडिओमा राउटे युवतीहरूले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेकी छिन् । ती युवाहरूले भने जबर्जस्ती भिडियोमा युवतीलाई बोल्न लगाएका छन् । यतिमात्रै होइन एकजना व्यक्तिले जबरजस्ती चुम्बनसमेत गरेको भिडियोमा देखिन्छ ।

 

उनीहरूलाई कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको डीएसपी घर्तीले बताए ।

 

पछिल्लो समय सामाजिक सञ्जाल युट्युव, टिकटक र फेसबुकमा भाइरल बनाइएका राउटे समुदायका युवतीहरूमाथि दुर्व्यवहार हुन थालेको हो ।

 

यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय हाल गुर्भाकोट नगरपालिका-११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय