प्रचण्डले भने एस्तो कुरा सुनेर सबै भए दङ्ग!!
सोमबार, जेठ २४, २०७८ मा प्रकाशित

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफूले महामारी नियन्त्रणको अगुवाई गर्ने बताएका छन् । उनले महामारी नियन्त्रण गर्न गठित सरकारी संयन्त्र खारेजीको समेत माग गरेका छन् ।

 

यससँगै नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा केन्द्रीय कोभिड नियन्त्रण इकाई बनाउने निर्णय गरेको छ ।

 

स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो । एक स्थायी कमिटि सदस्यका अनुसार अब सरकारको भरोसा नरहेकाले माओवादीले नेतृत्व लिन चाहेको हो । यस्तो कमिटिलाई स्थानीय स्तरसम्म बिस्तार गरिनेछ ।

 

एक जना स्थायी कमिटि सदस्य नारायणकाजी श्रेष्ठ अहिले गोर्खामा ब्यस्त छन् । प्रचण्डको कमाण्डमा केन्द्रीय कोभिड नियन्त्रण इकाई बनाउने, सदस्य संख्या भने श्रेष्ठ लगायतका नेतासँग सरसल्लाह गरेर ।

 

टुंग्याउने र संख्या सकेसम्म सानो बनाउने निर्णय भएको ती सदस्यले जानकारी दिए ।पार्टी श्रोतका अनुसार यस अन्तर्गत प्रदेश र स्थानीय तहसम्म कोभिड इकाई रहने छन् । प्रदेशमा भने पार्टीका प्रदेश इन्चार्जले त्यसको नेतृत्व गर्ने छन् ।

 

बैठकले त्यस्तो युनिट पाँच दिनभित्र बनाइ सक्न पार्टी कमिटी मा सर्कुलर पठाउने निर्णय गरेको छ । सरकार कोरोना नियन्त्रण मा असफल भएको र कमिसन तन्त्रमा फसेको निष्कर्ष निकाल्दै सीसीएमसी खारेजको माग समेत गर्ने निर्णय गरेको छ । दैनिक समाचार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय