‘कुमारी एण्ड द बिस्ट’ र ‘महाभोज’ नाटक भारतमा मञ्चन
शुक्रबार, फागुन ०९, २०७६ मा प्रकाशित

नया दिल्ली, फागुन ९ : भारतको नया दिल्ली तथा सिलोङमा सम्पन्न भएको भारत रंग महोत्सव थिएटर फेस्टिवल-२०२० मा दुई नेपाली नाटक ‘कुमारी एण्ड द बिस्ट’ र ‘महाभोज’ मञ्चन भएको छ ।

‘कुमारी एण्ड द बिस्ट’ काठमाडौंको सुशीला आर्टस एकेडेमीले मञ्चन गरेको हो भने ‘महाभोज’ नाटकलाई काठमाडौंकै मण्डला थिएटरले मञ्चन गरेको हो ।

नया“ दिल्लीस्थित नेशनल स्कुल अफ ड्रामामा आयोजना भएको नाटक महोत्सवमा नेपालसहित विभिन्न देशका १० वटा नाटकहरु प्रदर्शन भएका थिए ।

‘कुमारी एण्ड द द बिस्ट’ नाटक काठमाडौंमा सन् २०१८ को अक्टोबरमा मञ्चन गरिएको थियो । यो नाटक जीवित देवी कुमारी तथा कुमारी प्रथासँग सम्बन्धित छ । ‘कुमारी एण्ड द द बिस्ट’ नाटक ‘नेपाली अध्यात्मजगतको इतिहास’ पुस्तकबाट निकालिएको कथामा आधारित रहेको छ । उक्त पुस्तक महेश्वर जुजु राजोपाध्यायले लेखेका हुन् । यो नाटकको लेखन तथा निर्देशन कविता श्रीनिवासनले गरेकी हुन् । उक्त नाटकमा अभिनय गर्नका लागि सुशीला आर्ट्स एकेडेमीका कलाकारहरु दिल्ली तथा सिलोङ पुगेका थिए ।

‘महाभोज नाटकलाई पनि यसअघि मण्डला थिएटरले काठमाडौंमा मञ्चन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर