यस्तो देश, जहाँका मानिसले साङ्लाको सर्वत पिउँछन्
शनिबार, फागुन १०, २०७६ मा प्रकाशित

सायद साङ्ला भन्ने बित्तिकै सबैलाई दिक्क लाग्दछ । किनकी साङ्लाले घरभित्र निकै दु:ख दिएको अनुभव हामीलाई छ । तर चिनियाहरुका लागि भने यहीँ साङ्ला कमाइको श्रोतको रुपमा रहेको छ । सम्भावित औषधीय गुणका कारण चीनका विभिन्न उद्योगका लागि साङ्ला निकै महत्वपूर्ण कच्चा पदार्थ बनेको छ ।

चीन लगायतका विभिन्न देशमा साङ्लालाई भुटेर, पिँधेर त्यसको धुलोको सर्वत बनाएर खाने गरिन्छ । सोही कारण अहिले त्यहाँ साङ्लाको व्यवसायिक उत्पादन समेत गर्ने गरिएको छ ।

चीनको सीचांग सहरस्थित एक औषधि कम्पनीले हरेक वर्ष ६ सय करोड साङ्ला उत्पादन गर्दछ । साउथ चाइना मर्निङ पोष्टका अनुसार एक ठूलो भवमा साङ्ला पालन गरिएको छ । उक्त भवन झण्डै दुईवटा खेल मैदान बराबरको क्षेत्रमा फैलिएको छ । दराजका तख्ताजस्तै बनाएर त्यसमा साङ्ला पालन गरिएको छ । साङ्लाका लागि खाना तथा पानीको राम्रो बन्दोबस्त गरिन्छ । भित्र अँध्यारो बनाइएको छ र उचित तापक्रम र आर्द्रता कायम गरिएको छ । घरभित्र साङ्लाका लागि घुम्ने र प्रजनन गर्नका लागि स्वतन्त्र रुपमा विचरण गर्ने स्वतन्त्रता छ । साङ्लालाई सूर्यको प्रकाशबाट टाढा राखिएको छ । साङ्लाहरुलाई घर बाहिर निस्कन दिइँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर