घुमौँ भरतपुर भन्दै कार र्याली
शनिबार, फागुन १०, २०७६ मा प्रकाशित

चितवन, फागुन १० : भ्रमण वर्षको अवसरमा भरतपुर घुम्ने निम्तो दिँदै भरतपुर महानगरपालिकाले आज कार र्यालीको आयोजना गरेको छ । भरतपुरबाट लुम्बिनीसम्म कार र्यालीको आयोजना गरिएको हो । नारायणी नदी किनारमा चितवन क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्य घनश्याम दाहाल, विजय सुवेदी र महानगर प्रमुख रेनु दाहालले संयुक्तरुपमा ¥यालीको शुभारम्भ गरिएको हो ।

¥यालीमा १५४ कार सहभागी भएका प्रमुख दाहालका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए । ¥यालीमा सहभागीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले स्वागत गर्ने छ । ¥यालीलाई गैँडाकोट नगरपालिका, बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तहले स्वागत गरेका थिए ।

महानगर प्रमुख दाहालले लुम्बिनी घुम्न आउने पर्यटकलाई भरतपुर महानगरका पर्यटकीय गन्तव्यमा आकर्षण गर्ने उद्देश्यले प्रचारप्रसार गर्न ¥यालीको आयोजना गरिएको जानकारी दिए । ¥यालीमा जनप्रतिनिधि, उद्योगि व्यवसायी, पत्रकार, पर्यटन व्यवसायीलगायत पाँच सयभन्दा बढिको सहभागिता रहेको जनाइएको छ ।

महानगरभित्र २९ मुख्य पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वरब्लक र नारायणी नदीबीच मोडेल तथा चौकी डाँडा महानगरका प्रमुख सात केन्द्र रहेका छन् । संघीय सरकारको १०० गन्तव्यमा सूचीकृत बीसहजारी ताल, पटिहानी तथा बागमती प्रदेश सरकारको १० पर्यटकीय गन्तव्यमध्ये सूचीकृत मेघौंली पनि महानगरभित्रै पर्दछ ।

महानगरले पर्यटन प्रबद्र्धनका लागि चालु आर्थिक वर्षमा ३२ कार्यक्रम गर्ने योजना बनाएकामध्ये हालसम्म १० कार्यक्रम सम्पन्न भइसकेका प्रमुख दाहालले जानकारी दिए । भ्रमण वर्षलाई लक्षित गर्दै महानगरभित्र रहेका पर्यटकीय होटलमा विशेष छुटको कार्यक्रमसमेत सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय