बर्दियामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, असोज १६, २०७८ मा प्रकाशित

बर्दिया, असोज १६ (फरकसमाचार) / जिल्लामा थप ६ जनामा कोरोना संक्रमण शनिबार पुष्टि भएको छ । ५ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार २ सय ६२ पुगेको छ । निको हुनेको संख्या ६ हजार ९ सय ७० पुगेको छ । ८१ जनामा भाइरस सक्रिय रहेको छ ।

सक्रिय संक्रमित मध्ये ७९ होम आईसोलेसनमा र २ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ११ पुगेको छ । कोभिड–१९ बिरुद्ध जिल्लामा १ लाख १४ हजार ५ सय ३५ जनालाई पहिलो डोज खोप लगाईएको छ भने ७७ हजार ९ सय १६ जनालाई दोस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय