बर्दियामा थप ६ जनामा संक्रमण पुष्टि
बुधबार, कार्तिक १७, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक १७ (फरकसमाचार) / जिल्लामा थप ६ जनामा कोरोना संक्रमण बुधबार पुष्टि भएको छ । ४ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ४ सय ६० पुगेको छ ।

त्यसैगरी बुधबार ४ जना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेको संख्या ७ हजार १ सय ८८ पुगेको छ । ५५ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ५० जना होम आईसोलेसनमा र ५ जना अस्पतालमा उपचाररत छन् ।

जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १७ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

कोभिड–१९ बिरुद्ध जिल्लामा १ लाख १४ हजार ६ सय २५ जनालाई पहिलो डोज खोप लगाईएको छ भने ९७ हजार ४ सय ७४ जनालाई दोस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय