तेह्रथुम, फागुन " />

नेपाली बृहत् शब्दकोशमा आगन्तुक शब्द समावेश गरिने
सोमबार, फागुन १२, २०७६ मा प्रकाशित

तेह्रथुम, फागुन १२ : नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना र तेह्रथुम बहुमुखी क्याम्पसको संयोजनमा आठराईमा ‘नेपाली वर्णविन्यासको मानकप्रयोग’तथा ‘कविताको भाषिक संरचना’ सम्बन्धी विशेष गोष्ठी सम्पन्न भएको छ ।

तेह्रथुम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखनिलम खरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति गङ्गा प्रसाद उप्रेतीज्यूले केही समयअगाडि नेपाली वर्णविन्यासका बारेमा केही विवादहरू देखिएका भएपनि अहिले भने त्यसले मानकी करणको स्वरूप प्राप्त गरिसकेको र नेपाल सरकारले नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित अद्यावधिक शब्दकोश अनुसारको वर्णविन्यास प्रयोग गर्न परिपत्र गरिसकेको हुनाले त्यसका बारेमा सम्पूर्ण नेपाली शिक्षक, प्राध्यापक र साहित्यकारहरूलाई स्पष्ट पार्ने उद्देश्यले यो कार्यक्रम गरिएको जानकारी दिए ।

साथै उनले नेपाल प्रज्ञाप्रतिष्ठानले अहिले निर्माण गर्दै गरेको प्रज्ञा नेपाली बृहत् शब्दकोशमा नेपाली भाषामा प्रचलित मातृभाषाका शब्दहरू र आगन्तुक प्राविधिक शब्दहरूलाई समेत समावेश गरिने जानकारी दिए । कार्यक्रममा प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेलले नेपाली वर्ण विन्यासको मानक प्रयोगर डा. देवी नेपालले कविताको भाषिक संरचनासम्बन्धमा प्रयोगात्मक प्रस्तुति दिएका थिए । तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम र झापाका २०० भन्दा बढी प्राध्यापक, शिक्षक, साहित्यकार र विद्यार्थीहरूको सहभागिता थियो ।

कार्यक्रममा पूर्वराज्य मन्त्री तथा साहित्यकार श्रीप्रसाद जबेगु, दमक प्रज्ञाप्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारी, रवि बहुमुखी क्याम्पसका प्रमुख टीका भट्टराई, तेह्रथुम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चक्रपाणि भट्टराई, व्यवस्थापन समितिका सदस्य आरसी थपलिया, नेपाली विभाग प्रमुख निधिरत्न न्यौपाने सबैले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरिचन्द्र लावती, पूर्व प्राज्ञ सभा सदस्य रविमान लमजेल, अधिकृत सुवर्ण रञ्जित, झापाका स्रष्टा टीका लामिछाने, पाँचथरका स्रष्टा प्रेम ओझा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय