तुलसीपुरमा सशस्त्रका सहायक हवल्दारले चलाए आफैंमाथि गोली
सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित

दाङ, वैशाख ४ / दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका -८ टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार राति साढे ८ बजे आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको  डीएसपी मल्लले बताए ।

उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा पाँच दिन पहिले मात्रै आएका थिए ।  यसअघि उनी  ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए । घटनाबारे अनुसन्धान भैइरहेको डीएसपी मल्लले बताए । अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय