‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ पोखरेललाई
मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन १३ : मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ भोजराज पोखरेललाई प्रदान गर्ने निर्णय गरिएको छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्वाह गरेका उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि शान्ति समाजले पोखरेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । २०७६ चैत १ गते समाजले काठमाडौँमा आयोजना गर्ने कार्यक्रममा एक लाख १० हजार नगद पुरस्कार र सम्मानपत्रसहित पोखरेललाई पुरस्कृत गरिने सभापति उत्तम पुडासैनीले  जानकारी दिए ।

विसं २०१० जेठ २ गते खोटाङ जिल्लाको एँेसेलुखर्कमा जन्मिनुभएका पोखरेलले २०६४ चैत महिनामा जटिल परिस्थितिमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनले  तीन दशक भन्दा लामो सरकारी सेवाका दौरान विभिन्न मन्त्रालयको सचिवको दायित्वसमेत बहन गरेका थिए ।

सन् २००८ मा बंगलादेशमा सम्पन्न संसदीय निर्वाचन र सन् २०१०÷११ मा दक्षिण सुडानको जनमत संग्रह प्रक्रियामा संयुक्त राष्ट्र संघका महासचिवले पोखरेललाई दुई पटक उच्च स्तरीय प्यानलमा नियुक्त गरेका थिए । युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस वासिंटन डिसीको सिनियर फेलो र हार्वड केनेडी स्कूलको म्यासन फेलो पोखरेल सन् २०१५ मा म्यान्मामा सम्पन्न संसदीय निर्वाचनमा कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसनको सह अध्यक्ष हुनुहुन्थ्यो ।  हाल उनी कोफी अन्नान फाउण्डेशनको इलेक्टोरल इन्टेग्रिटी इनिसिएटिभ स्टेयरिङ समूहको सदस्यसमेत रहनुभएको समाजले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय