बजाजले ल्यायो नयाँ लुक्सको मोटरसाइकल बजारमा
शुक्रबार, असार २२, २०८० मा प्रकाशित

बर्दिया,असार २२ (फरकसमाचार) / नयाँ लुक्सको बजाज कम्पनीको मोटरसाइकल बजारमा ल्याईएको छ । ग्लोबल अटोमोटिभ्स् प्रालि गुलरियाले बिहिबार देखि बजाज कम्पनीको पल्सर २ सय एनएस मोटरसाईकल बिक्री वितरणको लागि बजारमा ल्याएको हो । बिहीबार देखि देशभर एकैसाथ बजारमा ल्याईएको पल्सर एनएस २ सय एफआई डुवाल च्यानेल एबिएस बिथ युएसडी फोर्क मोटरसाईकल युवाहरुको रोजाईमा परेको छ ।

बिहीबार देखि नयाँ लुक्सको मोटरसाइकल बिक्री वितरणको लागि बजारमा ल्याएको बजाजको आधिकारिक विक्रेता ग्लोबल अटोमोटिभ्स् प्रालि गुलरियाका प्रमुख चन्द्र दिप जोशीले बताए । ‘यो मोडेलको मोटरसाइकल पहिला नै उपलब्ध थियो’ प्रमुख जोशीले ‘तर अहिले थप फिचरसहित आकर्षण बढाएर बजारमा ल्याईएको छ ।’ यो मोटरसाइकल युवाहरुको रोजाईमा पर्ने प्रमुख जोशीले विश्वास व्यक्त गरे ।

टुक्नोलोजीमा उत्कृष्ट माइलेज, पिक अप, अतुलनीय पावर, एफआई सिस्टम, डिउल च्यानल एबिएससहित यूएसडि फोर्क थप फिचरसहित नयाँ मोडेलमा बजारमा आएको ग्लोवल अटोमोटिभ्स् प्रालि गुलरियाका सेल्स मेनेजर अमन चौधरीले बताए । यो मोटरसाइकल कालो र सेता रङमा उपलब्ध छ । यस मोटरसाइकलको मुल्य रु ४ लाख २४ हजार ९ सय तोकिएको सेल्स मेनेजर चौधरीले जानकारी दिए । साथै बजाजको १ सय २५ सिसिसम्मको मोटरसाइकल खरिद गर्दा १ सय ९२ लिटरको सामसुङ्गको फ्रिज सित्तैमा दिने अफर चलिरहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय