थारु पौराणिक लोक नृत्य प्रतियोगिता सम्पन्न
आइतबार, असोज २८, २०८० मा प्रकाशित

दिनेश ठाकुर

बर्दिया,असोज २८/ दुई दिने थारु पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बारबर्दिया नगरपालिका–५ बर्दिया गाँउमा थारु पौराणिक लोक नृत्य प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

राष्ट्रिय थारु कलाकार मञ्च जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा भएको कार्यक्रममा बर्दियाका सबै कलाकर्मीहरुको सहभागिता तथा बेजोड प्रस्तुती रहेको थियो । शुक्रबार र शनिबार भएको प्रतियोगितामा थारु भाषा, कला, संस्कृति संरक्षणका लागि मौलिक गीत, नाँच प्रस्तुत गरिएको छ ।

हराउँदै गएको थारु भाषा, कला, संस्कृति संरक्षणका लागि राष्ट्रिय थारु कलाकार मञ्च जिल्ला कार्यसमिति बर्दियाले सांस्कृतिक कार्यक्रम गरेको जनाएको छ । थारु जातिमा विभिन्न किसिमका गीतवाँस, नाच, भेषभुषा भएतापनि संरक्षणको अभावमा लोप हुदै गएको छ । त्यसैले हामी यो अभियान सुरु गरेका हौ सांस्कृतिक कार्यक्रमका संयोजक प्रदेशी चौधरीले बताए ।

अब हामी थारु कलाकार एकजुट भइसकेका छौ, थारु कलाकार पनि धेरै भइसकेका छौ त्यसैले मौलिक संस्कृतिको संरक्षणमा हाम्रो महत्वपुर्ण भुमिका रहने छ उने जनाए । दुई दिन सम्म चलेको उक्त साँस्कृतिक कार्यक्रममा बर्दिया जिल्लाका ६० वटा समुहले बेजोड सहभागिता जनाएका थिए ।

हुरद्वङगवा, लठ्ठहवा, सखिया, डिननचवा, बिहाग्रा, फुलवा, फुलवार, कठमडैया, भदैँया लगायतका थारु जातिमा परापुर्वकाल देखि चलिआएको थारु पौणाणिक गित तथा लोक नृत्य प्रस्तुत गरिएको प्रस्तुत गरिएको छ । कार्यक्रममा उत्कृष्ट लोक नृत्य प्रस्तुत गर्ने ३ वटा समुहलाई पुरस्कृत गरिएको छ । गाउँघरमा रहेर कलाकारिता क्षेत्रमा लामो समय देखि बभिन्न बिधामा योगदान पु्याएका ब्यक्तिहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय