अन्ततः गुलरिया महोत्सव पुर्ण रुपमा स्थगित
बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित

बर्दिया,मंसिर ७ (फरकसमाचार) / गुलरिया साँस्कृतिक महोत्सव पुर्ण रुपमा स्थगित भएको छ । गुलरिया नगरपालिका–४ कर्भड हल चौरमा फुलबारी युवा क्लवले आयोजना गरेको महोत्सव मंगलबार देखि स्थगित भएको हो । महोत्सव मंसिर २ गते देखि १० गतेसम्म संचालन हुने अवधि तोकिएको थियो । तर आयोजकले महोत्सव हँचुवाको भरमा संचालन गर्दा तोकिएको अवधि नपुग्दै स्थगित भएको छ । आयोजकले सम्बन्धित निकायहरुसंग समन्वय र महोत्सव व्यवस्थापन गर्न नसक्दा हरिबिजोग भएको सर्वसाधारणको भनाई छ ।

मंगलबार देखि पुर्ण रुपमा महोत्सव स्थगित भएको फुलबारी युवा क्लवका अध्यक्ष आर्दश शर्माले बताए । ‘महोत्सवको सम्पुर्ण जिम्मेवारी दिएकोे ठेकेदारहरुले धोका दिएपछि महोत्सव स्थगित भएको छ’ अध्यक्ष शर्माले भने, ‘सम्पुर्ण जिम्मेवारी ठेकेदारहरुलाई दिएर युवा क्लवले अनुमति लिएर आयोजक मात्र बनेको हो ।’

महोत्सवमा कलाकार ल्याउने,लैजाने र पारिश्रमिक दिने, स्टलको रकम उठाउने सम्पुर्ण जिम्मा ठेकेदारहरुको रहेको, प्रयोजकको रकममा आधा आधा बाड्ने र महोत्सवपछि नाफा घाटा जे भए ठेकेदारहरुले क्लवलाई रु दुई तीन लाख दिने सम्झौता भएको अध्यक्ष शर्माले दावी गरे । अछामका विकाश थापा, जनक थापा, बादल सिंह र संसार धामीको ग्रुपलाई सम्पुर्ण जिम्मेवारी दिएका थियौं । तर सोमबार गायक पुष्कल शर्मा आउँदा हामीसंगै थियौ ।

साँझ ठेकेदारहरुले गायक शर्मालाई पारिश्रमिक नदिएर सम्पर्क बिहीन भएपछि युवा क्लवले गायक शर्मालाई रु ६५ हजार दिएर बिदाई गरेको जानकारी दिए । आयोजकसंग ठेकेदारहरुले गरेको सम्झौता अनुसार काम नगरेकोले ठेकेदारहरुको विरुद्धमा बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्ने फुलबारी युवा क्लवका अध्यक्ष शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर