उद्योग बाणिज्य संघको आज पत्रकार सम्मेलन
शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित

बर्दिया,मंसिर ८ (फरकसमाचार)/ उद्योग बाणिज्य संघ गुलरियाले प्रादेशिक महोत्सवको बिषयलाई लिएर शुक्रबार पत्रकार सम्मेलन गर्देछ । आज दिउँस १ बजे संघको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला स्थित क्रियासिल पत्रकारलाई डाकेको छ ।

संघले पुस ६ गते देखि गुलरिया स्थित निलो आयल पेट्रोल पम्प नजिकको चौरमा प्रादेशिक महोत्सव आयोजन गर्ने तय गरिसकेको छ । महोत्सवका उदेश्य सहित महोत्सवको कार्यक्रमका बिषयमा पत्रकार मार्फत आम जिल्ला बासीमाँझ संघले पस्कने तयारी गरिरहेको छ । महोत्सवको आवश्यक्ता औल्याउँदै भाबि कार्यक्रम संघले सार्वजनिक गर्ने तयारीमा संघ छ ।

महोत्सवमा अनुमानित आगन्तुकको संख्या, खर्च, आम्दानी र सहयोगि दातृ निकाय बिषयमा समेत पत्रकारसँग छलफल गर्ने खाका बाणिज्य संघका पदाधिकारीले तयार पारेका छन् ।

जिल्लालाई चिनाउँन महोत्सव राखिने स्टल, समुदायका पहिचानका लागि गरिने क्रियाकलाप र समग्र जिल्लाको पर्यटन उत्थानका लागि महोत्सवबाट टेवा पुग्ने बारेमा विस्तृत छलफल गरिने उद्योग बाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पान्डेले बताए ।

‘यो सबैको सहयोग र सहकार्यबाट महोत्सव सफल बनाउँन सकिन्छ’ उनले भने,‘महोत्सवको सकारात्मक प्रचार प्रसारको हामीले अपेक्षा गरेका छौ,पत्रकार ज्यूहरुबाट मात्र यो कुरा सम्भव हुन्छ ।’उनका अनसार पत्रकार ज्यू हरुसँग गरेको छलफल पछि आएको निचोड कुराबाट सर्व पक्षिय भेलाको आयोजना गरेर पालिका पालिका सम्म छलफल र समन्वय जारी राखिने अध्यक्ष पान्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर