आफ्नो सामान घोप्ट्याछौं,अरुको खान्छौं, कसरी विकास हुन्छ : मुख्यमन्त्री चौधरी
शनिबार, पुष ०७, २०८० मा प्रकाशित

बर्दिया,पौष ७(फरकसमाचार) / हामीले आफ्नो सामान घोप्ट्याछौं, विदेशीबाट किनेर ल्याएको खान्छौं कसरी देशको विकास हुन्छ लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बताएका छन् । प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियाको उद्घाटन गर्न आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले शुक्रबार यस्तो बताएका हुन् ।

यहाँका थारुले उत्पादन गरेको जाड घोप्ट्याछौं कोरियाबाट ल्याएको जाड खान्छौं कसरी देशको विकास हुने बताए । ‘आफ्नो सामान घोप्ट्याउने,अरुको सामान बेच्ने’मुख्यमन्त्री चौधरीले भने,‘अनि हामीले विकास खोज्छौं ।’ बर्दिया जिल्ला थारुको बाहुल्यता रहेको जिल्ला हो,अनि थारुको जिल्लाको विकास भएन भन्छौं । हामीले पहल गर्नुपर्छ ।

अब प्रदेश सरकारले निर्णय गरिसकेको छ । यहाँ उत्पादन भएको आनन्दीको झोल (रक्सी) अन्तर्राष्ट्रिय बजारमा बेच्ने मुख्यमन्त्री चौधरीले बताए । ‘थारु समुदायले बनाउने काम गर्छ’मुख्यमन्त्री चौधरीले भने,‘बेच्ने काम बाहुन क्षेत्रीले गरे हुन्छ ।’ अब हामी गाउँको उत्पादनलाई प्राथमिकता दिने भनाई राख्दै व्यापारीहरुलाई गाउँमै लगानी गर्न अनुरोध गरे ।

यहाँ विभिन्न किसिमका संस्कृतिहरु छन् । मेला महोत्सवले यहाँको विभिन्न किसिमका संस्कृतिको सन्देश दिएर जिल्लालाई चिनाउने विश्वास व्यक्त गरे ।
हामीले उत्पादनको कुरा गर्छौ । गाउँलाई नै कसरी उद्योग बनाउने विषयमा विचार गर्नुपर्छ । हरेक घरमा ठुलो कुखुराको प्लानिङ्ग गर्नु भन्दा प्रत्येक घर घरमा दुई/दुई सय कुखुरा दिएर टेक्निकल सपोर्ट गरौं । त्यसैगरी बङगुर फर्म बनाउन हरेक घरलाई दश/दश वटा बङगुर दिएर त्यसलाई प्रवद्र्धन गरौ । त्यसैगरी केरा उत्पादनलागयतलाई प्राथमिकता दिउँ । अब ठुलो ठुलो कुरा गरेर देश चल्दैन । अब गाउँलाई नै कसरी उद्योग बनाउने त्यसको लागि बजेट छुट्याएको छ । अब महिलाहरुलाई आत्मनिर्भर बनाउन उद्योग वाणिज्य संघ, स्थानीय सरकार र प्रदेश सरकार मिलेर बढौं,त्यसमा प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री चौधरीले सुनाए ।

अब प्रदेश सरकारले अर्को निर्णय गरिसकेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले बताए । ‘जहाँ उद्योग हुन्छ, त्यहाँ बाटो पुग्छ’ मुख्यमन्त्री चौधरीले भने,‘जहाँ उत्पादन हुन्छ,त्यहाँ पैसा खर्च गरेर बाटो पु¥याउने हामीले तयारी गरेका छौं ।’

प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियाको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले उद्घाटन गरेका छन् । पौष ६ गतेदेखि पौष १६ गतेसम्म महोत्सव चल्नेछ । आज शनिबार महोत्सवमा चर्चित गायिका प्रिती आले, गायक सुनिल पण्डित, अन्जु कुश्मी र मोडल डान्सर अस्मिता पुरीको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर