होमस्टेकर्मीको हौसला बढाउँदै महिला उद्यमि महासंघ र राजापुर नगरपालिका
सोमबार, पुष २३, २०८० मा प्रकाशित

बर्दिया,पौष २३(फरकसमाचार) / ठन्डी मौसमा महिला उद्यम महासंघकि अध्यक्ष शोभा ज्ञवाली र नगर प्रमुख दिपेश थारु राजापुर नगरपालिका–१ स्थित मुर्गहवा गाउँमा आईतवार दिउँस पुग्छन् । अवलोकनका लागि पुगेका संघका पदाधिकारी सामु भबिष्यमा मुर्गहवामा संचालित होमस्टेले पर्यटक तान्न सक्ने नगर प्रमुख थारुले विश्वास व्यक्त गर्छन् ।

कोरोना अघि चहलपहल हुने मुर्गहवाको होमस्टे लयमा फर्कन खोजिरहेको होमस्टे व्यबसायसँगै नगरपालिकाले हातेमालो गर्ने सुनाउँछन् । नयाँ नयाँ मानिसको आवागमनले मुर्गहवामा ८ वटा होमस्टेमा चहलपहल बढनेमा नगर प्रमुख आशाबादी देखिन्छन् । एक दशक अघि सुनसान रहने गाउँमा एकाएक ल्याएको परिवर्तन देखेर नगर प्रमुखले खुसी साट्छन् ।

यूएसआईडिको साझेदारी संस्था तयारी नेपालले सहयोग गरिरहेको होमस्टेमा आईतवार दिउँस राजापुरका नगर प्रमुख दिपेश थारु, महिला उद्यम महासंघकि अध्यक्ष शोभा ज्ञवाली, उपाध्यक्ष बसन्ती प्रधान र प्रमुख प्रशासकिय अधिकृत महेन्द्र शाही होमस्टे अवलोकन गर्न पुग्दा संचालक खुसी देखिए ।

होमस्टे संचालक फुर्तिला र व्यस्त देखिदा राजापुरका नगर प्रमुख थारुले प्रशंसा गरे । तालिम तालिमका निम्ती लिने परम्परा रहेको उल्लेख गर्दे आर्थीक रुपले सवल हुन होमस्टे संचालन गरिएकोे बिषयलाई नगर प्रमुख थारुले खुलेर प्रशंसा गरे । ‘महिलालाई सक्षम बनाउँन महिला उद्यमि महासंघको साझेदारीमा नगरपालिकाले काम गर्छ’उनले भने,‘कर्णालि नदिको तटिय क्षेत्र र पश्चिमको पर्यटकिय गन्तव्यसँग जोडिएको यो गाउँमा थारु र सोनाहाले गरेको होमस्टको कार्य सह्रानिय छ ।’

सरसर्ति हेर्दा राजापुरको मुर्गहवा गाउँ खुसी देखिन्छ । होमस्टे मार्फत घरको दैलोमा सिमित महिला व्यबसाय गर्न थालेका छन् । त्यहि खुसी साट्न आईतवार मुर्गहवा गाउँका होमस्टे संचालक महिला तछाड मछाड गरेको दृश्य रोमान्चक थियो । पश्चिम तराईमा होमस्टे डल्ला भन्ने शब्द सायद कसैलाई नौलो लाग्दैन । तर यस्तै गरी राजापुरको मुर्गहवामा संचालित होमस्टेले गतिलिने महासंघकि अध्यक्ष ज्ञवालीले विश्वास व्यक्त गरिन् । ‘महिला उद्यममा लागेर आर्थीक पक्ष सवल बनाउँनु पर्छ’ज्ञवालीले भनिन्‘महिलालाई उद्यम तर्फ आर्कषण गरेर स्थानीय सरकारसँग जोड्ने संघको उदेश्य हो ।’

देशका विभिन्न कुनाबाट मानिस आएर पाहुनाको रुपमा बस्ने थलोको रुपमा होमस्टेले पहिचान बनाएको उनले खुसी व्यक्त गरिन् । बर्दिया राष्ट्रिय निकुन्जको ठिक पश्चिममा रहेको मुर्गहवाको थारु गाउँमा ८ वटा घर होमस्टे संचालन गर्न लायकका छन् । ८ वटा होमस्टेको घरमा नम्बरिङ गरिएको छ ।

गाउँमा बनेका घर थारु परम्परागत शैलिमा बनेका छन् । कैलाली जिल्लाको टिकापुर पार्क वारी पट्टि होमस्टे संचालन गरिएको होमस्टे नगरपालिकाले सहयोग गर्ने भएको छ ।

बिदेशि र स्वदेशि पाहुना होमस्टेमा आएर बस्ने संचालक ईन्द्रादेवि चौधरीले बताईन् । उनका अनुसार पाहुनाको आवागमनले समुदायको जिबनस्तर उकासिएको छ । ‘एक छाक खान, छोरा छोरी पढाउँन नसक्ने गाउँमा कोहि छैनन्’उनले भनिन्‘सवै आफ्नो जिबन निर्बाह गर्न सक्षम भईसकेका छन् ।’ थप पुर्वाधार निर्माणमा राज्यले सहयोग गर्न पर्ने उनले बताईन् । होमस्टे संचालनसँगै समुदायमा बढेको आयआर्जनले जिबनस्तर उकास्न सहज माध्यम बनेको उनले सुनाईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर