एकै पटक एक सय पचास बढीलाई झाडा पखालाको संक्रमण
सोमबार, फागुन ०७, २०८० मा प्रकाशित

बर्दिया,फागुन ६ (फरकसमाचार)/ मधुवन नगरपालिकाको वडा नं ९ को गुर्भा वस्तीका स्थानीय झाडा पखालाको संक्रमणबाट विरामी परेका छन् । एक सय विरामीलाई वडा अध्यक्ष हर्क बस्नेतको पहलमा गाउँमै उपचारको प्रबन्ध मिलाईएको छ । स्वास्थ्य शाखा उप–प्रमुख मनि आर्चाय आधारभुत अस्पतालका प्रमुख, ज्ञानेन्द्र पान्डे, अहेव नवराज भन्डारी लगायतले अशक्त विरामीको प्रारम्भिक उपचार गरेका छन् । ‘तातो पानी खान र सरसफाईमा ध्यान दिन चिकित्सकले विरामीलाई परामर्श दिएका छन् ।’

झाडा पखाला फैलिन नदिनका लागि थप सर्तकर्ता अपनाउँन चिकित्सकले परामर्श दिएका हुन् । पचास जना बाहिर अस्पतालमा झाडा पखालाले ग्रस्त भएपछि उपचार भईरहेको जानकारी प्राप्त भएको छ । दाङको थारु संग्राहालय भ्रमणका निस्केका टोलीका सदस्य एकाएक झाडा पखालाले ग्रस्त भएका छन् । दुई दिन देखि मधुवन नगरपालिकाको वडा नं ९ को गुर्भा टोल अस्तव्यस्त बनेको छ । गर्भा टोलका अधिकांश बच्चा देखि बृद्ध सिकिस्त भएका छन् । गुर्भा टोलका कुनै पनि सदस्य झाडा पखालाको संक्रमण हुदाँ काममा जान सकेका छैनन ।
‘हाम्रो गाउँ नै पुरै विरामी परेको छ,’एक स्थानीयले भने, ‘नगरपालिकाबाट खटिएको मेडिकल टोलीले प्राथमिक उपचार गरेर फर्केको छ ।’

भ्रमणमा निस्केका सदस्यलाई कसरी झाडा पखाला संक्रमण भयो भन्ने अझै खुलेको छैन । हामीलाई प्राप्त जानकारी अनुसार संग्राहालय घुम्न निस्केको टोलीले घरमा पकाएको खाना र खाजा तयारी गरी निस्केका थिए । थारु संग्राहालय पुगेर फर्कदा सम्म भ्रमण टोलीका सदस्यले घर कै खाना खाएको बताईन्छ । ‘भ्रमण टोलीका सदस्य आफै खाना बोकेर गएका थिए’उनले भने, ‘खै के भयो हामी सबै जना बिरामी भयौ ।’ एक्कासी गाउँमा झाडा पखाला फैलिएपछि सर्तकता अपनाएको वडा अध्यक्ष हर्क बस्नेतले बताए ।

‘हामीले आईतवार दिन भरि नै विरामी अवस्थालाई मध्यनजर गर्दै मेडिकल टिम बोलाएका थियौ’उनले भने,‘अधिकांश विरामी भएकाले सबै प्राथमिक उपचार गरिसकेका छौं ।’ थप झाडा पखाला फैलिन नदिन परामर्श देखि सरसफाई ध्यान दिन आग्रह गरिएको वडा अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय