बारबर्दियामा पहिलो पटक अभिभावकलाई अभिमुखीकरण
शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित

मेनका चौधरी

बर्दिया चैत २/ अपाङ्गता भएका बालबालिकाको अभिभावकलाई खानेपानी, सरसफाई तथा स्वच्छता र शिक्षा अधिकार सम्वन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । दुई दिन सम्म जारी अभिमुखीकरण कार्यक्रम बारबर्दिया नगरपालिकामा सम्पन्न भएको हो ।

अपाङ्गता सम्बन्धी बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधानको बारेमा सहजीकरण गरीएको नगर उप–प्रमुख रत्ना कुमारी पाण्डेले बताईन् । बालबालिकाहरुको अभिभावकहरुलाई शिक्षा र खानेपानी सरसफाई तथा स्वच्छता अधिकार र अपाङता सम्वन्धी बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधानको बारेमा अभीमुखीकरण गरीएको थियो । अभिमुखिकरण दुई दिन सम्म चलेको थियो ।

बारबर्दियामा ४० वटा सामुदायीक विद्यालय मध्ये बारबर्दियाको १० वटा स्कुलका बालवालिकाको अभिभावक कार्यक्रममा सहभागी थिए । प्रत्येक महिनाको ५ गते अपाङ्गताको परिचय पत्र वितरणको लागी वैठक वसेर वितरण निर्णय गर्ने योजना रहेको नगर प्रमुख पाण्डेले सुनाईन् ।

विद्यालय स्तरमा अपाङ्ता भएका बालबालीकाहरुको तथ्याकँ र पहिचान भईसकेको उल्लेख गर्दै उत्प्रेरणा जगाउँने र अपाङ्गता भएका व्यक्ती र अभीभावकलाई अभिमुखीकरणका लागि कार्ययोजनामा वजेट विनियोजन गर्ने उनले धारणा व्यक्त गरिन् ।

उनका अनुसार पालिकाको परिचयपत्रमा ध्यान नगएको खुलाउँदै शिक्षा, स्वास्थ्य, सरसफाई र मनोपरार्मश सेवा दिका लागि आर्थिक वर्षमा अपाङ्गता भएका व्यक्तीहरुको लागी वजेट विनीयोजन हुनेछ ।

आयोजक राष्ट्रिय अपाङ्ता महासंघ नेपाल र व्यार्कवाड सोसाईटी एजुकेस (बेस) बर्दियाको आयोजानामा भएको अभिुमखीकरण कार्यक्रममा सम्पन्न भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनि प्रावधानको बारेमा सघिय सदस्य नेत्र प्रसाद सापकोटाले अभिभावकलाई यो कार्यक्रम आवश्यता छ तर जनप्रतिनिधिहरु सहित पालीका स्तरमा कार्यक्रम राख्न पर्ने आवश्यकता रहेको औल्याए ।

कार्यक्रममा वाटरएड नेपाल बर्दियाका कार्यक्रम व्यवस्थापक उमाशंकर प्रसाद यादवले अपाङ्गता भएका बालबालिका सेवा सुविधाहरुबाट वञ्चित रहेको बताए । स्वास्थ्य शाखा प्रमुख डिल्ली राज शर्मा, वास फोकल पर्सन कृष्ण गौतम, शिक्षा विकास तथा समन्वय ईकाई शिक्षा शाखा प्रमुख महिला तथा बालबालिका जेष्ठ नागरिक शाखा प्रमुख उषा पुन लगायत कार्यक्रममा सहभागि थिए । पहिलो पटक बारबर्दिया नगरपालीकामा भएको कार्यक्रम पुनः दोहाराउँन पर्ने सुझाब सहभागिले दिएका थिए ।

बारबर्दिया, मधुवन, ठाकुरबाबा गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकामा गरी ३३ वटा स्कुलका १३ हजार किशोर किशोरी र अपाङ्गता भएका बालबालिकाहरुको शिक्षामा पहँुच पुयाउनको वास गेन परियोजनामार्फत काम भईरहेको छ । राष्ट्रिय अपाङ्घ महासंघ नेपाल वासगेन बर्दिया परियोजना संयोजक उमा चौधरीले कार्यक्रमको सहजीकरण गर्दै विषयमा प्रकाश पारेकि थिईन । राष्ट्रिय अपाङ्घग महासंघको संघीय सदस्य नेत्र प्रसाद सापकोटाको अध्यक्षता कार्यक्रम भएको हो । नगर उप्रमुख रत्नाकुमारी पाण्डेको प्रमुख अथितिमा आसिन थिईन ।

प्रतिक्रिया

सम्बन्धित खवर