विद्यालयमा विश्राम कक्ष ब्यवस्थापनका लागि सामाग्री हस्तान्तरण
शनिबार, चैत १७, २०८० मा प्रकाशित

बर्दिया,चैत १७/ तीन वटा विद्यालयलाई महिनावारी कक्ष व्यवस्थापनको लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ । मधुवन नगरपालिका–२ सुर्य आधारभुत बिधालय रजवारा, गेरुवा गाउँपालिकाको वडा नं ५ मा रहेको सरस्वती आधारभुत बिद्यालय र ठाकुरबाबा नगरपालिका वडा नं १ जनचाहना आधारभुत बिद्यालय डुम्ब्रेनीलाई महिनावारी कक्ष व्यवस्थापनको लागि सामाग्री हस्तान्तरण गरिएको हो ।

प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणिय बिशिष्टता समुह ग्रुपको आर्थिक साझेदारी र शिक्षा युवा तथा खेलकुद शाखा बर्दियाको समन्वयमा महिनावारी हुने छात्राहरूको समस्यालाई मध्यनजर गर्दै विश्राम कक्ष निर्माणका लागी बेड, बेड म्याटिक्स, प्याड राख्ने क्याबिन, कार्पेट, पीफम, इलोक्टोनिक बर्निङ मेसीन, बेट सिट, बलाङकेट, महिनावारी कक्षका लागी आबश्यक करिब रु ४ लाख २९ हजार ५ सय १८ बरावरको सामाग्री ३ वटा बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।

स्थानिय तह शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा तिन वटा विद्यालयको कक्षा ६ कक्षा देखि ८ कक्षा सम्मका करिब ३ सय भन्दा बढी छात्राले सो सुविधाको प्रयोग गर्न पाउने छन् । विशेष गरी पहिलो पटक महिनावारी हुने छात्रालाई बढी पीडा हुने र महिनावारी भएमा छात्राहरू निकै समस्यामा पर्ने भएकाले यस प्रकारका समस्या नहोस् भनेर महिनावारी विश्राम कक्षको स्थापना गरिदिएको हो ।

सरस्वती आधरभुत बिद्यालयका प्रधानाध्यापक योगेन्द्र कुमार चौधरीले संस्थाले विश्राम कक्षका लागि उपलब्ध गराएको सामाग्रीको बालिकाको सहभागीतामा सदुपयोग गर्ने र बिद्यालयमा बालिकाहरु महिनावारी भएको बेला बिद्यालयमा अनियमित हुने दर घट्ने बताए । बालिकाहरुको शिक्षाका लागी गरिएको सहयोग प्रति प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय बिशिष्टता समुह ग्रुपलाई प्रधानाध्यापक चौधरीले धन्यबाद व्यक्त गरे ।

प्लान इन्टरनेशनल नेपाल, ग्रुपको आर्थिक साझेदारीमा मधुवन नगरपालिका, गेरुवा गाउँपालिका तथा ठाकुरबाबा नगरपालिकाका परियोजना बिद्यालय क्रमश सुर्य आधारभुत बिद्यालय रजवारा, सरस्वती आधारभुत बिद्यालय, जनचाहना आधारभुत बिद्यालयका प्राधानाध्यापकको उपस्थितीमा सामाग्री हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर