बालबिवाह अन्त्यका लागि अभिभावकसंग अभिमुखिकरण
बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,बैशाख २६/ बालबिवाह अन्त्यका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बढैयाताल गाउँपालिका –८ को मयुरबस्ती टोलमा अभिमुखिकरण मंगलबार सप्पन्न भएको हो । बाँके युनेस्को क्लब नेपालगन्जको सहयोग र बढैयाताल नागरिक समाज संजालको समन्वयमा बाल बिबाह, अपाङ्गता, यौन प्रजनन स्वास्थ र अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

बालबालिका भनेका को हुन बालअधिकार के हो यौन प्रजनन स्वास्थ र अधिकार का कुराहरु माथि अभिमुखिकरण गरिएको छ । साथै बढैयाताल गाउँपालिकालाई सन् २०२५ सम्ममा बालबिबाह अन्त्यको घोषणा गर्ने रणनीतिक योजना अनुसार बढैयाताल गाउँपालिकासंगको समन्वयमा नागरिक समाज संजाल बढैयाताल र बाके युनेस्को क्लबले निरन्तर रूपमा बढैयाताल गाउँपालिकाका सबै वडामा यस्ता कार्यक्रम संचालन गर्दै आईरहेको छ । हालसम्म बढैयाताल गाउँपालिकाका पाँच वटा वडा बालबिबाह मुक्त वडा घोषणा भै सकेका छन् । हाल बढैयाताल गाउँपालिकामा २६ प्रतिशत बालबिबाह रहेको तथ्यांक छ ।

कार्यक्रममा मयुरबस्ती टोलका करिब ३० जना महिला अभिभावकहरुको सहभागीता रहेको थियोे । कार्यक्रममा सहजीकरण नागरिक समाज बढैयातालका ज्ञानेन्द्र राज पोख्रेल र दल बहादुर सुनारले गरेका थिए । मयुरबस्ती टोलका बडघर तिलक बहादुर चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर