पत्रकार पराजुलीको कथासंग्रह ‘कुमाता’
शनिबार, फागुन १७, २०७६ मा प्रकाशित

चितवन, फागुन १७ : पत्रकार वसन्त पराजुलीको कुमाताकथासंग्रह प्रकाशित भएको छ । सामाजिक यथार्थवादी विषयवस्तु समेटेर तयार पारिएको पराजुलीका कथासंग्रहलाई भँुडीपुराण प्रकाशन प्रालिले बजारमा ल्याउन लागेको हो । अहिले पुस्तकको छपाइको काम सम्पन्न भएको प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए । हामी एक हप्ताभित्रै बजारमा ल्याउने गरी गृहकार्य गरिरहेका छौँ’, उनले भने ।

कुमातामा संग्रहित दश कथा फरकफरक विषयवस्तुका छन् । कथाले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरेको कथाकार पराजुलीले जानकारी दिए । कथामा समेटिएका विषयवस्तु र पात्रहरू हाम्रै छरछिमेक र समाजमा भएका घटनाजस्ता लाग्छन्, त्यसैले यो संग्रहभित्रको कथा हरेक व्यक्तिले आफ्नै समस्या हो कि भन्ने महसुस गर्छ’, पराजुलीले भने । गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भ कथाका वरिपरि रहेका छन् । यी कथाले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका छन् ।

वरिष्ठ सहित्यकार एवं लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कथासंग्रहमा भूमिका लेख्दै मानवीय जीवनका महत्वपूर्ण पाटालाई गतिलोसँग केलाउन कथाकार सक्षम देखिएको बताएका छन् । उनी लेख्नुहुन्छ, ‘अधिकांश कथामा पुरुष वैदेशिक रोजगारीमा गएको, विश्वासघात गरेको देखाइएको छ भने नारी पात्रले छिटो विश्वास गर्ने गरेको, धोका पाएको र यौनकुण्ठा देखाइएका छन् ।विषयवस्तु र परिवेशलाई सहज एवं सम्प्रेषणीय बनाइएकाले पराजुलीको उक्त संग्रह आधुनिक नेपाली कथा क्षेत्रमा नयाँ गोरेटो बनेको उनले बताए । कूल १० कथा र ११२ पृष्ठको उक्त संग्रहको मूल्य २०० छ । पराजुली झण्डै दुई दशकदेखि गोरखापत्रदैनिकमा आबद्ध हुन्छन् भने त्यसभन्दा बढी समयदेखि स्थानीय चितवन पोष्टदैनिकमा कार्यरत हुन्छन् । पराजुलीले राष्ट्रिय र स्थानीयपत्र पत्रिकामा समय सन्दर्भअनुसारका विषयवस्तुमा लेख लेख्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय