बर्दिया,माघ ७(फरकसमाचार)/ आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारहरुले उत्साहपुर्वक उम्मेदवारी दर्ता गराएका छन् । बर्दियाको दुवै निर्वाचन क्षेत्रमा प्रमुख दलसहित अन्य दलका उम्मेदवारहरुले मंगलबार उत्साहपुर्वक उम्मेदवारी दर्ता गराएका हुन् । दलहरुले शक्ति प्रदर्शन गर्दै उत्साहपुर्वक उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
काँग्रेसबाट क्षेत्र नं.१ मा पुर्वमन्त्री संजय कुमार गौतम र २ मा काँग्रेसका पुर्वसहमहामन्त्री किशोर सिंह राठोरले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट क्षेत्र नं. १ मा थारु आयोजका पुर्व अध्यक्ष विष्णु प्रसाद चौधरी र २ मा युवा एवम् लोकप्रिय नेता सुरेश पन्थले उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन् । यस्तै एमालेबाट १ मा सालिकराम अधिकारी र २ मा पुर्वमन्त्री विमला विकको उम्मेदवारी दर्ता भएको छ ।
क्षेत्र नंं.१ मा २२ जना र क्षेत्र नंम्बर २ मा १८ जना उम्मेदवारहरुको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१७ दल र एक जना स्वतन्त्र उम्मेदवार गरी जम्मा १८ जनाले उम्मेदवारले उम्मेदवारी दर्ता गराएको क्षेत्र नं.२ का निर्वाचन अधिकृत गोविन्द प्रसाद घिमिरेले जानकारी दिए ।

