फरार प्रतिवादी पक्राउ
बिहिबार, माघ १६, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया,माघ १५/ वैदेशिक रोजगार सम्बन्धि कसुर मुद्दाका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–७ का २९ वर्षीय अमर यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालतले विस २०८२ साल असोज २ गते यादवलाई वैदेशिक रोजगार सम्बन्धि कसुर मुद्दामा १ वर्ष महिना कैद सजाय र रु १ लाख ५० हजार जरिवाना तोकेको थियो । अदालतले सजाय तोके देखि यादव फरार रहेका थिए ।

आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी देबेन्द्र कुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय