प्रदर्शन गर्ने चार जना प्रहरी हिरासतमा
बिहिबार, माघ १६, २०८२ मा प्रकाशित

बर्दिया,माघ १५(फरकसमाचार)/ जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन प्रहरी भर्नामा अनियमितता भएको बताउँदै प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने चार जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

सबै जनालाई पास गर्नु पर्ने असम्भव माग राख्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने एक युवती र तीन युवकलाई नियन्त्रणमा लिएको डिएसपी देबेन्द्र कुमार मल्लले जानकारी दिए ।

जिल्लामा २ हजार २५ जना निर्वाचन प्रहरीको आवेदन खुलेको थियो । जसमा ४ हजार ४ सय जनाले आवेदन दर्ता गराएका थिए । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले मंगलबार बिहान २ हजार २५ जना उत्तिर्ण भएको अन्तिम नतिजा सार्वजनिक गरेको थियो ।

निर्वाचन प्रहरी छनौटमा अनियमितता भएको बताउँदै सार्वजनिक नतिजा सच्याउन माग गर्दै असन्तुष्ट युवाहरुले मंगलबार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन घेराउ गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय