विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट
शनिबार, फागुन १७, २०७६ मा प्रकाशित

अत्तरिया, फागुन १७ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री चिलोचन भट्टले स्थानीयस्तरमा भइरहेका विकास निर्माणका कामलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । आज कैलालीको गौरीगंगा नगरपालिका–७ स्थित वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले नगरभित्र भइरहेका विकास निर्माणका कामलाई प्रभावकारी बनाउन नगरवासीको दायित्व भएको बताए ।

उनले सुदूरपश्चिमको समग्र विकासका लागि योजनाबद्धरूपमा प्रदेश सरकार अघि बढेको बताउँदै जनस्तरबाट पनि प्रदेश सरकारलाई सहयोगको खाँचो भएको बताए । वडा कार्यालयको भवन निर्माणसँगै आम नागरिकलाई सेवा प्रवाहमा सजिलो हुने उनको भनाइ छ । भवन र कर्मचारी अभावमा प्रदेश र स्थानीय तहले काम गर्नुपरेको गुनासो गर्दै जनचाहनाअनुसार जे–जति काम गरिएका छन् सन्तुष्ट लिने ठाउँ रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर