काठमाडौं, फागुन १८ : विश्वभर कोरोनाको संक्रमण फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरिएको छ । हाललाई स्थगन गरेर नेपाल भ्रमण वर्ष सन् २०२२ मा आयोजना गर्ने विषयमा मन्त्रिपरिषद्को बैठकमा छलफल भएको छ ।
‘चीनको वुहानबाट फैलिएको कोरोना भाइसरको संत्रलमण साउथ कोरिया, जापान, इटलि, इरान जस्ता अन्य देश पनि प्रभावित भएपछि नेपालमा पनि जोखिम बढेको भन्दै भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय भएको छ । शनिबार पर्यटन मन्त्रालयले भ्रमण वर्ष लक्षित विदेशमा आयोजना हुने सबै कार्यक्रम रद्द गरिसकेको थियो ।
सभा–सम्मेलन नगर्न आग्रह
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै सभा, सम्मेलन, पिकनिक तथा भेला नगर्न आग्रह गरेका छन् । विश्वभरि कोरोना भाइरसको जोखिम बढिरहेका बेला अन्तर्राष्ट्रिय हवाई उडान पनि रोक्ने विषयमा छलफल भएका बताइएको छ ।
सरकारले त्रिभुवन विमानस्थलको स्वास्थ्य सहायता कक्षमा थप जनशक्ति र ज्वरो नाप्ने मेसिन पनि राखिदै छ । कोरोना संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरिरहेको विशेष स्रोतले जानकारी दिएको छ ।