टेकु अस्पताल भर्ना गरिएका चारैजनामा कोरोनाको संक्रमण नभएकाे
मङ्गलबार, फागुन २०, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन २० : कोरोना (कोभिड-१९) भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ ।

परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ।  अस्पतालले  रिपोर्ट केही बेरपछि सार्वजनिक गर्ने तयारी गरेको अन्नपूर्ण पोष्टले जनाएको छ ।

चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो। हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको अन्नपूर्ण पोष्टमा उल्लेख छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय