कम्युनिष्ट सरकारले गरेको विकास देख्न नसक्ने छटपटाए : प्रवक्ता श्रेष्ठ
बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित

सर्लाही, फागुन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्वपूर्ण क्षेत्र रहेको बताएका छन । वाग्मती नगरपालिका–११ मा आजदेखि शुरु भएको प्रदेश नं २ कै सर्वाधिक धनराशिको चोथौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उद्घाटनका अवसरमा नेता श्रेष्ठले राष्ट्रियता, राज्य र समानताका विभिन्न क्षेत्रमा मतभेर रही रहेको समयमा राष्ट्रिय एकता तथा भ्रातृत्व जगाउने काम खेल क्षेत्रले गर्ने पार्टी प्रवक्ता श्रेष्ठले बताए । खेलाडीले देशको इज्जत, प्रतिष्ठा जोगाउने काम गरेको भन्दै खेलाडीलाई सम्मान गर्ने काममा नेपाल सरकार लागिपरेको उनले उल्लेख गरे ।

नेता श्रेष्ठले सरकार देश विकासको काममा तीव्र गतिमा लागेको भन्दै देशको विकासमा कसैले भाँजो हाल्ने काम गरेमा त्यस्तो कार्य आफूहरुको लागि स्वीकार्य नहुने बताए । उनले अहिलेको सरकारले गरेको विकास निर्माण देखेर विपक्षी अत्तालिएको बताए । सो अवसरमा नेकपा सर्लाहीका इञ्चार्ज डाचाराज वाग्लेले मानवीय सङ्कटका रुपमा कोरोना भाइरसले जनजीवन त्रसित बनाएकोे बताउँदै राजनीति मुक्त खेल क्षेत्र बनाउन आग्रह गरे ।

वागमती युवा क्लबको आयोजनामा आजबाट शुरु भएको प्रतियोगिता चैत २ गतेसम्म चल्लेछ । प्रतियोगितामा दुई वटा विदेशी र १० सम्म १२ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुनेले १० लाख र द्वितीय हुनेले पाँच लाख नगद पुरस्कार पाउने वागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय