अवार्ड स्थापना
बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन २२ : ‘रोटरी सार्क गोपाल–कमल राजभण्डारी हृयुमानिटी अवार्ड’ को स्थापना गरिएको छ । रोटरी डिष्ट्रिक्ट ३२९२ काठमाडौँले यहाँ आज पत्रकार सम्मेलन गरी १५ हजार अमेरिकी डलर बराबरको सो पुरस्कारको घोषणा गरेको हो ।

यो पुरस्कार यस वर्ष आधारभूत शिक्षा र साक्षरता अभियानमा निःस्वार्थभावले सेवामा समर्पित नेपालसहित बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्कामा उल्लेख्य योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने छ । पुरस्कारका लागि सार्कका सातै देशमा आवेदन खुला गरिएको डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिए ।

रोटरी डिष्ट्रिक्टले सन् २०१० मा १० लाखको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेशनल एक्सिलेन्स’ नामक राष्ट्रियस्तरको पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको छ । सो पुरस्कारलाई भविष्यमा दक्षिण एशिया र अन्य देशमा समेत पु¥याउने उद्देश्यअनुरुप ‘रोटरी सार्क गोपाल–कमल राजभण्डारी हृयुमानिटी अवार्ड’ को स्थापना गरिएको उनीको भनाइ छ । पुरस्कारका लागि रोटरी डिष्ट्रिक्ट कार्यालय थापाथली र देशभरका १२४ क्लबबाट अनलाइन आवेदन दिन सकिने छ । आवदेन बुझाउने मिति आगामी चैत १० सम्म रहेको छ भने विसं २०७७ जेठ ३ गते पुरस्कार प्रदान गरिने छ ।

नेपालमा रोटरीको शुरुआत सन् १९५९ मा भएको थियो । सन् २००८ मा नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्ट ३२९२ को स्थापना भएको हो । हाल नेपालमा १२४ रोटरी क्लबले स्थानीयस्तरमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय