तीनै सरकारबीच समन्वय हुनुपर्छ : मुख्यमन्त्री भट्ट
बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित

अत्तरिया, फागुन २२ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तीनवटै सरकारबीच समन्वय हुनु जरुरी रहेको बताएको छन । सङ्घीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा आज धनगढीमा आयोजित विकास र समृद्धिअन्तर्गत समन्वय विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले तीनवटै सरकारबीच समन्वय नहुँदा एक अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गरे ।

मुख्यमन्त्री भट्टले तीनवटै तहका सरकारबीच समन्वय भए बजेट विनियोजनमा एकरुपता हुने बताए । उनले तीनवटै सरकारबीच समन्वय नहुँदा विकास निर्माणमा ढिलाइ भइरहेको बताउँदै भने, ‘‘सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव हुँदा एक अर्काबीच दोषारोण गर्ने प्रवृत्ति बढेको छ, यो प्रवृत्ति हटाउन समन्वयको गर्न जरुरी छ ।’ सङ्घीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले तीनवटै सरकारबीच समन्वय हुनु जरुरी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय