मुख्यमन्त्री भट्टद्वारा शुभकामना
आइतबार, फागुन २५, २०७६ मा प्रकाशित

कैलाली, फागुन २५ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ११०औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उनले महिलामाथि हुने भेदभाव अन्त्यका लागि सामाजिक रुपान्तरणको खाँचो रहेको औल्याउए ।

 

सन्देशमा मुख्यमन्त्री भट्टले विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण संघर्षबाट स्थापित नेपालको संविधानले महिलालाई लैंगिक भेदभावबिना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक सुनिश्चित गरेको उल्लेख गरेको छन् । साथै उनले थप अधिकारका लागि अग्रसर रहन आग्रह गर्दै महिला दिदीबहिनीमा शुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर