सरकारी जग्गामा बनेका अनधिकृत घर भत्काइयो
बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित

सुर्खेत, फागुन २९ : जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनधिकृतरुपमा सरकारी जग्गामा निर्माण गरेका घर भत्काएको छ । वीरेन्द्रनगर नगरपालिका– ७ स्थित जिल्ला मालपोत कार्यालय सुर्खेतको नाममा रहेको सरकारी जग्गामा अनधिकृतरुपमा बनाएका घरटहरा भत्काइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए । मालपोत कार्यालयका साथै प्रशासन कार्यालय सुर्खेतले माघ महिनादेखि पटकपटक आआफ्नो मालसमानसहित टहरा उठाउन भने पनि नटेरेकाले आज डोजर लगाएर टहरा भत्काइएको उनले बताए ।

 

हामीले आज मालपोत कार्यालयको दुई बिघा जग्गामा अनधिकृत तरिकाले बस्दै आएका ३५ घर भत्काएका छौं,’ सूचना अधिकारी लामिछानेले भने, ‘अझै केही घर भत्काउन बाँकी नै छ ।’ वीरेन्द्रनगर नगरपालिकाका सडक छेउछाउका सरकारी जग्गामा बनेका सबैको घरटहरा अब चाँडै भत्काइने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर