साहित्यकार डा. डिपी भण्डारीको निधन
शनिबार, चैत ०१, २०७६ मा प्रकाशित

काठमाडौँ, चैत १ : साहित्यकार एवं प्राध्यापक डा. दुर्गाप्रसाद (डिपी) भण्डारीको शनिबार निधन भएको छ। उनको राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो। साहित्यकार भण्डारी लामो समयदेखि फोक्सोसम्बन्धी, बिर्सने रोगले ग्रसित थिए।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने सञ्चारकर्मी मुकुन्द भण्डारीले जानकारी दिए। साहित्यकार भण्डारीका ‘रोदी र फूल’, ‘त्यो घर्ती, त्यो आकाश’, ‘मृगस्थली’, ‘नुरो बाँसुरी बजाइरहेछ’लगायत निबन्धसंग्रह प्रकाशित छन्। यसका अलावा उनका विभिन्न पत्रपत्रिकामा फुटकर रचना पनि प्रकाशित छन्।

डोटीको निरौलीमा जन्मिएका भण्डारीले साहित्यसँगै प्राध्यापनमा पनि सक्रिय थिए। उनले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा लामो समय काम गरेका थिए। यस्तै, उनले विभिन्न देशमा विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर’का रूपमा पनि काम गरेका थिए।

समवेदना दिन गाउँ पुगे पूर्वमन्त्री

सोडारी धनगढी– गौरीगंगा नगरपालिका–६, मोयाका १०७ वर्षीय धर्मी साउदका परिवारलाई समवेदना दिन सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी गाउँ पुगेका छन्। साउँदको शनिबार बिहान ६ बजे घरमै मृत्यु भएको हो । साउँदका ३ छोरा र ३ छोरी छन्।

समवेदना दिन गाउँ पुगे पूर्वमन्त्री सोडारी धनगढी– गौरीगंगा नगरपालिका–६, मोयाका १०७ वर्षीय धर्मी साउदका परिवारलाई समवेदना दिन सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी गाउँ पुगेका छन्। साउँदको शनिबार बिहान ६ बजे घरमै मृत्यु भएको हो । साउँदका ३ छोरा र ३ छोरी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय