नेपाली काँग्रेसको क्षेत्रिय सभापतिमा चौधरी विजयी
बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर ९ (फरकसमाचार)

नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्र्तगत प्रदेस सभा क्षेत्रिय निर्वाचन क्षेत्र नम्वर १ (ख) को सभापतिमा बिरबहादुर चौधरी विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा चौधरीले २ सय २० मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी रविन्द्र कुमार यादवले १ सय ७५ मत प्राप्त गरेका थिए । चौधरी ४५ मतले यादवलाई पराजित गरेका हुन् ।

उपसभापतिमा विनोद यादव २ सय ४ र आशिराम थारु १ सय ८९ मत प्राप्त गरी विजय भएका छन् । सचिवमा रत्न कुमारी पाण्डे २ सय २ र चिरञ्जिवी ज्ञवाली २ सय १ मत प्राप्त गरी विजय भएका हुन् । सहसचिव पदमा जनकराज विष्ट २ सय ७ र गोदुवा थारु १ सय ९५ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै प्रदेस अधिवेशन प्रतिनिधि सदस्य खुलातर्फ कपिन्द्र बहादुर थापा २ सय १०, गोकर्ण रेग्मी १ सय ८३, छविलाल थारु २ सय ८, भेषराज पौडेल १ सय ९६, रामबहादुर पाण्डे १ सय ८४ र हरि गिरी १ सय ८१ मत प्राप्त गरी विजयी भएका छन् ।

खुला महिला सदस्यमा उर्मिला ताम्राकार २ सय ४, कुसुम बगाले १ सय ९६ र बेलकुमारी वली १ सय ८५ मत प्राप्त गरी विजयी भएका छन् । सदस्य उदयमणी आचार्य १ सय ९३, मधेसी तर्फ सदस्य सन्तोष सोनकर २ सय, दलित तर्फ कालुराम विक १ सय ८३, थारु खुला तर्फ दिपक सिंह थारु १ सय ९६, हरिप्रसाद थारु १ सय ८५, थारु महिला सदस्य गुड्डी थारु १ सय ८५, अल्पसंख्यक सदस्य मातृका प्रसाद राजी १ सय ८८ मत प्राप्त गरी विजयी भएका छन् ।

क्षेत्रिय कार्यसमिति खुला सदस्यहरुमा भगुवा थारु २ सय १, रामबहादुर थारु १ सय ८९ मत प्राप्त विजयी भएका छन् । क्षेत्रिय कार्यसमिति महिला सदस्यमा सीता श्रेष्ठ १ सय ९२ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय