बारबर्दियाका मेलमिलाप कर्तालाई फाईदा
मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख ११(फरकसमाचार)/ पालिका स्तरिय न्याय सम्पादनको जिम्मा न्यायिक समितिलाई हुन्छ । मुद्दा निरुपण वा टुंगो लगाउँने विषय न्यायिक समितिको क्षेत्राअधिकार भित्र पर्छ । न्यायिक समितिले सम्पूर्ण काम मेलमिलाप कर्ता परिचालन गरेर पक्ष र बिपक्षलाई सहजिकरण मार्फत न्याय दिन्छ । पालिकामा कानुनी ज्ञान विनाको न्यायधीसमा नियूक्त हुन्छन,‘न्यायिक समितिका संयोजक ।’ हचुवाको तालमा दिईने न्यायले कतिपय अवस्था कार्य क्षेत्र नाघ्दा बिबादस्पद बन्न पुग्छ । क्षेत्रा अधिकारको ज्ञान नहुँदा न्यायिक समितिले न्याय दिने प्रकृतिका बिषयमा अलमलमा पर्छ । त्यसरी दिईने न्यायले वास्तवमै कानुनी मान्यता नपाएका धेरै उदाहरण छन् ।

बारबर्दिया नगरपालिकाले मेलमिलाप कर्ता मार्फत सहजिकरण गर्ने न्यायिक समिति थलो होईन, कानुनी ज्ञान मार्फत पुर्नताजगि तालिमका लागि मेलमिलाप कर्तालाई एक ठाउँमा भेला गरेको छ । जिल्लाका न्यायधीसलाई साक्षात्कार गराएर मेलमिलाप कर्ताका लागि तीन दिने तालिम संचाल नगर्ने पहिलो नगरपालिका बारबर्दिया बनेको छ ।

उप–प्रमुख तथा न्यायिक समितिकि संयोजक रत्न कुमारी पान्डेको उपस्थितिमा ३२ जना सहभागी मेलमिलाप कर्तालाई जिल्ला अदालतका न्यायधीस कमल प्रसाद ज्ञवाली सोमबार पर्नुताजगिका लागि प्रशिक्षण दिएका छन् । न्यायधिसको उपस्थितिमा भएको पुर्नताजगि तालिमबाट मेलमिलाप कर्ता उत्साहित छन् ।

नगरपालिकाले आयोजना गरेको तीन दिने पुर्नताजगि तालिमबाट मेलमिलाप कर्तालाई फाईदा पुग्ने देखिएको छ । ‘न्यायिक समितिको सूचिमा रहेका मेलमिलाप कर्ताले पक्ष र बिपक्ष मिलायौं’ सहभागि मेलमिलाप कर्ता भन्छिन्,‘तर कहिले काहि वडाबाटै मुद्धा पनि क्षेत्रा अधिकारको ज्ञान नहुदाँ किनारा लगायौं ।’ यस्तो कार्यक्रमबाट ‘सेल्फ कन्फिडेन्ट’ बढ्ने बिश्वास व्यक्त गरिन् ।

पहिलो पटक बारबर्दिया नगरपालिकाले मेलमिलाप क्षेत्र अधिकारको विषयमा जिल्ला अदालतका न्यायधीस साक्षात्कार गराएर तीन दिने पुर्नताजगि तालिम संचालन भईरहेको उप–प्रमुख रत्न कुमारी पान्डेले बताईन् । ‘वास्तवमै कानुन नजान्दा बिबास्पद निर्णय हुन्छ कि भन्ने हामीलाई पनि त्रास छ,’उनले भनिन् ‘पुर्नताजगि तालिमले बालबालिकालाई भबिष्यमा फाईन्दा पुग्ने देखिन्छ ।’

कुन मुद्दालाई अघि बढाउँने,कस्ता मुद्दा न्यायिक समितिमार्फत निरुपरण गर्ने, मेलमिलाप कर्तालाई सहि ढंगले परिचालित गरेर पक्ष र विपक्षलाई मेलमिलाप मार्फत मुद्दा टुगोमा पुराउँन सहयोग पुग्ने संयोजक पान्डेले धारण व्यक्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर