विद्युत तार सर्ट भई दुई घरमा आगलागी
आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख १६(फरकसमाचार)/ विद्युत तार सर्ट भई एकैदिन दुई घरमा आगलागी भएको छ । बढैयाताल गाउँपालिका–१ शान्तिपुर बिनोद सुनार र बाँसगढी नगरपालिका–५ शान्तिपुरका लाल बहादुर बोगटीको घरमा शनिबार दिउँसो आगलागी भएको हो ।

विद्युत तार सर्ट भई आगलागी हुँदा सुनारको खरले छाएको फुसको कच्ची गोठ जलेको छ अन्य क्षति नभएको प्रहरीले जनाएको छ । त्यसैगरि विद्युत तार सर्ट भई आगलागी हुँदा बोगटीको टिनले छाएको एक तल्ले कच्ची घर, भान्सा घर, बाख्राको खोर,चल्लाको खोर र गाई गोठ जलेको छ । प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो ।

आगलागीबाट ८ वटा बाख्रा, अन्नपात, काठ, लत्तापकडा, १ सय १७ वटा साना ठुला कुखुरा र आधा तोला सुन जलेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए । उनका अनुसार आगलागी घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

पछिल्लो समयमा आगलागीका घटना बढ्दो छ । गुलरिया नगरपालिका–११ लालपुर स्थित शुक्रबार गहुँ खेतमा आगलागी हुँदा करिब पाँच बिघा गहुँ जलेर नष्ट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर