अबैध कुखुरासहित अन्य सामान बरामद
आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख १६(फरकसमाचार)/भारतबाट अबैध रुपमा ल्याएको कुखुरासहित अन्य सामान प्रहरीले बरामद गरेको छ । बढैयाताल गाउँपालिका–२ स्थितबाट प्रहरीले शनिबार अबैध कुखुरा बरामद गरेको हो ।

मुल्य रु १६ हजार ५ सय बराबरको ६६ किलोग्राम अबैध कुखुरा प्रहरीले फेला पारेको छ । त्यसैगरि गुलरिया नगरपालिका–३ लटकनिया गाउँ स्थितबाट मुल्य रु ९७ हजार २ सय ९९ बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

चिट्टी भन्ने नन्दकिशोर यादव र कैलाश गोडियाको घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले अबैध सामान बरामद गरेको हो । बरामद सामानमा भाँडा बर्तन, इन्भर्टर, १ कुन्टल पैदा, २० किलोग्राम पास्ता र स्टेशनरीका सामान रहेका छन् ।

अबैध कुखुरा रितपुर्वक नष्ट गरिएको र अन्य सामान राजापुर भन्सार कार्यालय गुलरियामा बुझाउने प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय गुलरिया डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर