मनसुन पुर्व तयारी कार्यशाला गोष्ठी
बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित

मेनका चौधरी

बर्दिया,बैशाख २७/ मनसुन पुर्वतयारी बारे गुलरियामा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी बर्दिया जिल्ला शाखाको आयोजनामा बुधबार गुलरियामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो । मनसुन पुर्व तयारी कार्यशालामा विपद व्यवस्थापन कसरी गर्ने बारेमा सहभागीले चिन्ता व्यक्त गरेका छन् ।

विपद जोखिम व्यवस्थापन सवलमा सहकार्य परियोजना विषयगत शाखा र अति संकटासन्न समुह विच जिल्ला स्तरीय मनसुन पुर्व तयारी सम्वन्धी छलफल भएको छ । विश्व रेडक्रस दिवसको अबसरमा जाँ हेनरी ड्युनाको फोटोमा माल्यार्पण गरिएको थियो । विपद भएमा घरधुरी सर्वेक्षण नगरपालिकाले गर्ने गरेको गुलरिया नगरपालिकाको उप–प्रमुख सावित्रा गौतमले बताईन् ।

दिवसको बारेमा बर्दिया जिल्ला रेडक्रसका सभापती कृष्ण गौतमले प्रस्तुतीकरण गरेका थिए । सुजरलेन्डमा जन्मेका हेनरी ड्युनाले स्थापना गरेको संस्था रेडक्रस विश्वको १९२ वटा देशमा स्थापीत भईसकेको छ । ड्युनाले सल्फेरिनोको युद्ध पछि उनले घाइतेहरुको सहयोगको निम्ति अन्र्तराष्ट्रिय समितिको स्थापनाको लागी सन १८७५ मा आइसी आरसी स्थापना गरेकोले उनको धेरै महत्व रहेको गौतमले भनाई राखे ।
कार्यक्रममा मनसुन पुर्व तयारी कार्यशालाको आवश्यकता, महत्व र रेडक्रसको भुमीकाको बारेमा रेडक्रसका जिल्ला सदस्य महेश गौतमले जानकारी गराएका थिए ।

कार्यक्रममा पालिकाको योजना तर्जुमा प्रक्रिया तथा समावेशी विपद योजना तर्जुमा मुल प्रवाहीकरण र पुर्वकार्य संयन्त्रको प्रस्तुतीकरण गुलरिया नगरपालिकाका विपद सम्र्पक व्यक्ति मुकुन्द अर्यालले गरेका थिए ।

विपद प्रतिकार्य संयन्त्र र प्रारम्भिक दु्रत लेखाजोखा सर्वेक्षण फारमको बारेमा रेडक्रस सोसाईटीका कार्यक्रम अधिकृत लौटन चौधरीले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा आठ वटै पालिकाका रेडक्रसको उपशाखाको सभापतीहरुको तर्फबाट मधुवन नगरपालिकाका उपशाखाका अध्यक्ष अमर बहादुर केसीले मनसुन पुर्व तयारी कार्यशालाको परिचय औचीत्य र महत्वको बारेमा जानकारी पाएपछि आफुहरुलाई विपदको बेला काम गर्न थप सहयोग मिल्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर