कानुन दिवसमा ‘अदालत र बार’को संयुक्त कार्यक्रम
बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख २७(फरकसमाचार)/ अदालत र बार एशोशियसनको संयूक्त कार्यक्रम सरोकारवालाको विचमा गुलरियामा बुधवार सम्पन्न भएको छ । कानुन दिवसको अवसरमा सरोकारवालाको उपस्थितिमा भएको अन्तक्रियात्मक कार्यक्रम अदालतको सभा हलमा सम्पन्न भएको हो ।

नागरिक समाज, पालिकाका प्रतिनिधि, कार्यालयका प्रमुख, अधिवक्ता, संचारकर्मीको कार्यक्रममा सहभागितमा रहेको थियो । जिल्ला न्यायधिस कमल प्रसाद ज्ञवालीको अध्यक्षता कार्यक्रम सुरु भएको हो । कार्यक्रममा जिल्ला न्यायधिस तथा प्रमुख अतिथिमा टेकराज जोशि र बारका अध्यक्ष कमल पाण्डे थिए ।

सर्वोच्च अदालतले कानुन दिवस मनाईरहे पनि बर्दियामा सरोकारवालाको सहभागितामा पहिलो पटक कानुन दिवस मनाईएको हो । नागरिक समाजकि संयोजक हेमा सुनारले समाजमा कानुनी अज्ञानता कारण महिला पछि परिरहेको धारणा राखेकि थिईन् । समाजमा कानुन र समाज एक सिक्काको पाटा भएकाले सहज तरिका अदालतसम्म आउँने बातावरण बन्न सक्ने हो भने सर्वसाधारण न्यायको पहुँच हुने उनको भनाई थियो ।

कार्यक्रममा अधिवक्ता बिर बहादुर रोकायले कानुन व्यबसायी माथी पटक पटक आक्रमणको प्रयास भईरहेको उल्लेख गर्दे कानुन दिवसको अवसरमा धारणा व्यक्त गरे । कानुन क्षेत्र र न्यायिक क्षेत्र हेर्दा शक्ति सन्तुलन र शक्ति पृथ्बीकरणलाई अंगिकार गरी कार्यान्वयन पक्षलाई बर्सन नहुने बताउँदै न्यायपालिका स्वतन्त्र, तटस्थ, निर्भिक न्याय गर्न सक्ने स्थिति सिर्जना हुनु पर्ने बारका अध्यक्ष कमल पाण्डेले धारणा राखे । तर,कानुनको परिपालना नहँुदा निराशा छाएको समेत उनले टिप्पणी गरे ।

स्वस्छ, स्वतन्त्र, निस्पक्ष र सक्षम न्याय प्रदान गर्ने उदेश्य सबै रहेकाले कानुनको परिपालन गरी कानुनी प्रक्रिया अनुसार अघि बढेमा सवैको लक्ष्य पूरा हुने न्यायधिस जोशिको भनाई थियो । अन्तरक्रियामा उठान भएको बिषयलाई सम्बोधन गर्दे कानुन दिवसको अवसरमा नागरिक समाज, पत्रकार र उपभोक्ताको लागि समय छुट्टाएको उल्लेख गर्दे न्यायधिस ज्ञवालिले भने,‘यहाँ हरुलाई हामी स्वागत गर्न चाहन्छौ ।’

फरक प्रसँगमा देशमा कानुन बने, संबिधान बने तर हामीहरुले कानुन कत्तिको परिपालना र मर्यादाको ठाउँमा छौ वा छैनम भन्ने स्मरण गर्ने पर्ने न्यायधिस ज्ञवालीको भनाई छ । यो कानुनको परिपालना जनता र नागरिकलाई लागि होईन न्यायपालिकाले सम्बद्धले स्मरण गर्न पर्ने आवश्यक्ता रहेको उनले औल्याए । जहाँ अदालत छ त्यहाँ न्यायपालिका हुन्छ, न्यायपालिका अभावमा बारको पनि सम्भव हुदैन, महानिध्यावक्ताको कार्यालय पनि त्यहिसँग जोडिएको उनले बताए ।

बिभिन्न देशको उदाहरण दिँदै संघिय संरचना न्यायपालिका रहेको उल्लेख गर्दे नेपालमा एकात्मक प्रणालीमा न्यायपालिका रहेको न्यायधिस ज्ञवालीले बताएका थिए । कार्यक्रमा शुभकामना मन्तव्य सहित अतिथिलाई स्वागत जिल्ला अदालतकि शाखा अधिकृत अमृता केसीले गरेकि थिईन ।

प्रतिक्रिया

सम्बन्धित खवर