बृहत विद्यालय सुरक्षाको न्यूनतम प्याकेज सम्बन्धि दुई दिने अभिमुखीकरण
आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित

बर्दिया, १६ बैशाख/ बृहत विद्यालय सुरक्षाको न्यूनतम प्याकेज कार्यान्वयनको लागि बर्दिया जिल्लाका १२ विद्यालयका प्राधानाध्यापक, बिद्यालय ब्यबस्थापन समिती पदाधिकारी, फोकल शिक्षकहरुका लागी २ दिने अभिमुखिकरण सम्पन्न भएको छ । परियोजा संचालन भएका बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालीकाका २३ जना प्रधानाध्यापक तथा फोकल शिक्षकको क्षमता विकास अभिमुखिकरण दिएको हो ।

प्लान इन्टरनेशनल नेपाल तथा भेरि वातावरणिय बिशिष्टता समुह बि–ग्रुपको आर्थिक साझेदारि र ठाकुरबाबा नगरपालीकाको समन्वयमा बृहत विद्यालय सुरक्षाका लागि न्यूनतम प्याकेज, कार्यान्वयनका लागी अभिमुखिकण गरिएको छ । नेपाल सरकार शिक्षा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बृहत् विद्यालय सुरक्षा कार्यान्वयन कार्यविधि, २०७५ ले ब्यबस्था गरे अनुसार नेपालमा विपद् जोखिम, न्यूनीकरणको परिचय, नेपालमा विपद् जोखिमको अवस्था, नीतिगत व्यवस्थाको, विद्यालय क्षेत्र सुधार योजना, बृहत् विद्यालय सुरक्षा गुरुयोजना, २०१८, बृहत् विद्यालय सुरक्षा न्यूनतम् आवश्यकताको प्याकेज, बृहत् विद्यालय सुरक्षा कार्यानवयन कार्यविधि, विद्यालय सुधार योजनाको, प्रकोप, सङ्कटासन्नता तथा क्षमता लेखाजोखा औजारको अभ्यास प्रकोप पात्रो र समन्वय, बृहत् विद्यालय सुरक्षा कार्ययोजना तयारी बारे अभिमुखिकरण सम्पन्न भएको छ ।

अभिमुखिकरणमा बृहत् विद्यालय सुरक्षा कार्ययोजना नमुना मसौदा समेत निर्माण गरिएको छ । समापन सत्रमा जनचाहना आधारभुत बिद्यालयका यज्ञ नेपाल प्लान इन्टरनेशनल नेपाल र भेरि वातावरणिय बिशिष्टता समुह बि ग्रुपको साझेदारिमा संचालन भएको बालविवाह न्युनिकरण परियोजना मार्फत बिद्यालयमा गुणस्तरिय शिक्षा प्रवद्र्धन गर्नका लागी ठुलो सहयोग गरेको छ ।

बृहत् विद्यालय सुरक्षा र विपद् जोखिम न्यूनीकरण समायोजित विद्यालय सुधार कार्यव्रmमलाई स्थानीय तहको योजना तर्जुमा प्रव्रिmयामा समायोजन गर्न यस कार्यशालाले थप सहयोग गर्ने अपेक्षा रहेको बताउदै यस २०८१ को पुष मसान्त सम्म बृहत् विद्यालय सुरक्षा र विपद् जोखिम न्यूनीकरण कार्ययोजना निर्माण गरि लागु गर्न ठाकुरबाबा नगरपालीकासंग पैरवी गरिने बताए । बैशाख १४ र १५ गते भएको अभिमुखिकरण कार्यक्रममा बिगत लामो समय देखि कृयाशिल सहजकर्ता बखत भण्डारीले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर