एकैदिन ६ फरार पक्राउ
शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख १५(फरकसमाचार)/ विभिन्न कसुरमा फरार रहेका ६ जनालाई प्रहरीले एकैदिन पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले फरार रहेका ६ जनालाई शुक्रबार पक्राउ गरेको हो । राजापुर नगरपालिका–१ का २३ वर्षिय अशनिरन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालतले सार्वजनिक अपराध मुद्दामा चौधरीलाई विस २०७२ साल चैत ९ गते रु पाँच हजार जरिवाना तोकेको थियो । अदालतले जरिवाना तोकेदेखि चौधरी फरार रहेका थिए । प्रहरीले खोजतालस गर्ने क्रममा चौधरी आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ परेका हुन् । त्यसैगरि जालसाजी मुद्दामा फरार रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फरार रहेका दल बहादुर शाही, दिल बहादुर सुनार, धुर्बराज भट्टराई, पतरे कामी र गोपाल परियारलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय