लागु औषधसहित दुई पक्राउ
सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख १० (फरकसमाचार)/ लागु औषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–६ रानीपुर स्थितबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित शनिबार दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–५ का २० वर्षिय बिक्रम कुँवर र भारत जिल्ला बहराईच थाना मोतिपुर बलैगाउँका २५ वर्षिय ताहिर अलि रहेका छन् ।

दुवै जना भारतबाट नेपाल तर्फ भारतीय नंम्बरको मोटरसाइकलमा सवार भई शंकास्पद रुपमा आइरहेका थिए । प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा ३ सय ४० मिलीग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने दुलो पदार्थ बरामद भएको हो । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर