बबई सिँचाईको अर्को फड्को : परम्परागत काठका डुढ फेर्ने अभियान
आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख ९(फरकसमाचार)/ न्यून बजेटमा प्रभावकारी काम देखेपछि आयोजना प्रमुख सुशिल देवकोटाले परम्परागत काठका डुढ फर्ने अभियान सुरु गरेका छन् । जसले किसानको खेत सम्म सिचाई सुबिधा पुग्न त्यस्ता काठका डुढ बाधक बनेको औल्याएपछि थोरै खर्चमा प्रभावकारी आयोजना अख्तियार गरेका हुन ।

बबई सिँर्चाई प्रणालि मार्फत किसानका खेत सम्म मूल नहरबाट शाखा नहर विस्तार भएपनि भरपर्दो सिचाँई हुन नसकेको देखेका आयोजना प्रमुख देवकोटाले काठका डुढ विस्थापित बिकल्प देखेका छैनन । ६० वटा त्यस्ता डुढ यस बर्षमा बिस्थापित गरेर सयौ गुणा बढि सिंचित क्षेत्र बढाउँने उनको लक्ष्य छ ।

‘बिगतमा परम्परागत काठको डुढ प्रभावकारी थिए होला,’उनी भन्छन्,‘त्यस्ता डुढ मार्फत पानीको फ्लो थेग्न सक्दैन,त्यस्ता डुढलाई विस्थापित गरेर पक्की बनाउँने हाम्रो अभियान हो ।’ उनका अनुसार बबई सिचाईका मूख्यालय बैदी क्षेत्रबाट डुढ फर्ने अभियान तिब्रता दिईएको उनको भनाई छ । बबई सिँचाई कमान्ड एरियाका ६० वटा डुढ विस्थापित गर्ने योजना सहित कार्य प्रगति भईरहेको छ ।

बिगतमा जस्तो काठका पाईने अवस्था नरहेको उल्लेख गर्दे पुन नयाँ डुढ मार्फत सिचाँई सेवा पुराउँन जटिल परिस्थिति सिर्जना भएको उनी बताउँछन् । ‘पहिला पहिला डुढ बनाउँन पूराना काठ सहज पाईन्थ्यो,’उनले भने,‘डुढ खोज्न हिड्ने हो वन र वातावरण खलल पुग्ने भएकाले डुढलाई विस्थापित गर्नुको अर्को बिकल्प छैन ।’

नेपाल सरकार र अन्तराष्ट्रिय बिकास संस्था संलग्नतामा बबई सिँचाई क्षेत्रको बिकास सम्बन्धि बिस्तृत अध्यन २०२४ साल देखि सुरु भएको थियो । पूर्ब सम्भाव्यता अध्यन बाट कुल सिंचित क्षेत्र ४० हजार हेक्टर (पूर्बतिर १९ हजार र पश्चिम तर्फ २१ हजार हेक्टर) मा सिचाँई पुगाउनका लागी लक्ष्य रहेपनि पुर्ब तिरको १३ हजार २ सय ४० हेक्टरको सम्भाव्यताको अध्यन २०३५ सालमा पुरा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर