बैशाख १२ गते मालपोत कार्यालय बर्दियामा भुकम्प !
बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख १३(फरकसमाचार)/ बैशाख १२ गते भन्ने बित्तिकै विनाशकारी भुकम्पको झल्को आउँछ । अस्त व्यस्त मालपोत कार्यालयमा यसअघि विनाशकारी भुकम्पले दिएको झट्का जस्तै सिडिओ बेद प्रसाद खरेलले बैशाख १२ गते बुधबार कार्यालय समयमा कार्यालय भित्र पसेर कर्मचारीलाई दिएका छन् । बुधवार बिहान १० बजेर १५ मिनेट । कछुवा गतिमा मालपोत कर्मचारी लस्किएर कार्यालय पुग्दै थिए । खरायोका रफ्तार पकडेका सिडिओ खरेलको अघि मालपोतका कर्मचारी निरीह सावित भए ।

अधिकांश सरकारी कर्मचारी आउट ड्रेसमा भेटिए । त्यतिबेलै सिडिओ खरेलले कर्मचारीलाई इंगित गर्दै भने,‘ तपाई बिचौलिया हो वा कर्मचारी ।’ यहि प्रश्नको जवाफ खोज्दै हिँडेका सिडिओ खरेल कर्मचारीका कार्यकक्ष अनुगमन गर्दा झन्डै दुई घन्टा बढि बिताए । सिडिओ खरेलको कर्मचारीलाई अर्को प्रश्न थियो–‘आफ्नो कार्यकक्षमा बस्दा फोहोरले जिस्काउँदैन ।’ बिशेषतः मालपोत प्रशासन सेवाग्राही मैत्री नभएको गुनासोको खोजीमा थिए सिडिओ खरेल । सेवा लिन मालपोत पुगेका सेवाग्राहीसँग खरेलले सोधपुछ गर्दा सेवाग्राहीले प्रशासनको असल नियत देखेर प्रशंशा गरे । ‘सिडिओ सावले हामीले पाउँने सेवा र सुबिधाको बिषयमा चासो राख्नु भयो’अर्की सेवाग्राही रमिता रिमालले खुसी व्यक्त गरिन् ।

जिल्ला स्थित सबै भन्दा बढी भिडभाड हुने भुमिसुधार तथा मालपोत कार्यालयमा बुधबार सिडिओ बेद प्रसाद खरेलले छड्के अनुगमन गरेका छन् । सिडिओ खरेलले मालपोत कार्यालयको छड्के अनुगमनपछि देखिएका कमिकमजोरी तत्काल सुधार गरि प्रभावकारी सेवा प्रवाह गर्नको लागि कडा निर्देशन दिएपछि कतिपय कर्मचारीको फाँट बदलिएको छ भने कतिपय कर्मचारी सेवामा सुधार ल्याउँने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार प्रजिअ खरेल मालपोत कार्यालय पुग्दा सेवाग्राही खुसी देखिएका थिए । त्यसैगरि मालपोतका कर्मचारी आत्तिएको दृश्य देख्न सकिन्थ्यो । मालपोत कार्यालयमा काम नहुने र सेवाग्राहीलाई सास्ती भएको व्यापक गुनासोपछि सिडिओ छड्के अनुगमनमा निस्किएका थिए । मालपोत कार्यालयको छड्के अनुगमनमा पुगेका प्रजिअ खरेल पालैपालो गरि सबै प्रत्येक फाँट देखि शौचालयसम्म पुगे । फाँटमा देखिएका कमिकमजोरी सुधार गर्न फाँटवाला कर्मचारी निर्देशन दिए ।

मालपोतमा देखिएका कमीकमजोरी सिडिआ खरेलले टिपोट गरेका छन् । मालपोत कार्यालयमा काम गर्ने सुब्बा निराजन शर्माले घाँटीमा जिल्ला प्रशासन कार्यालयको परिचयपत्र झुन्डियाएको अवस्थामा सिडिओ खरेलले फेला पारे । मालपोत कार्यालयमा सरुवा भएर आएपछि परिचयपत्र उपलब्ध नहुँदा प्रशासनकै परिचयपत्र लगाएको सुब्बा शर्माले सिडिओ खरेललाई जवाफ दिए । सिडिओ खरेलले तत्काल शर्माले लगाएको प्रशासनको परिचयपत्र खोसेका थिए । ‘काम मालपोतमा गर्ने र परिचयपत्र जिल्ला प्रशासनको लगाउने भएर गुनासो आएको रहेछ’ सिडिओ खरेलले भने,‘तपाई अहिले काम गर्ने कार्यालयको परिचयपत्र लगाउनु पर्यो ।’

त्यसैगरि बिचौलियाले सेवाग्राहीको फाईल लिएर कर्मचारीको साथमा कुर्सीमा बसेर काम गराई रहेको अवस्थामा सिडिओ खरेलले फेला पारेका खरिदारको फाँट परिर्वतन गर्न निर्देशन दिएका छन् । बिचौलिया मार्फत भईरहेको कामको फाईल नियन्त्रणमा लिई केरकार गरेपछि भुमिसुधार फाँटका खरिदारको बदमासी देखिएको खुलेपछि तत्काल फाँट परिर्वतन गर्न दिर्नेशन दिएका हुन् ।

मालपोत कार्यालयका काम भएन, कर्मचारीले नियमित पोशाक लगाउँदैनन्, कार्यालयमा सरसफाई छैन, कर्मचारी जिम्मेवार छैनन् यस्ता व्यापक गुनासोपछि अनुगमनमा निस्केको सिडिओ खरेलले जानकारी दिए । मालपोत कार्यालयको कर्मचारीको बैठक बसेर कार्यालय सरसफाई र प्रवाभकारी सेवाको लागि कार्यालय प्रमुख र कर्मचारीलाई सिडिओ खरेलले निर्देशन दिएका छन् ।

बजेट अभावको कारण सरसफाई नभएको मालपोत कार्यालयका सुचना अधिकारी नरेश तिवारीले बताए । तिवारीका अनुसार हाल मालपोत कार्यालयमा १२ जना कार्यालय सहयोगीहरु छन् । बजेट कारण देखाएर एकतर्फी तरिकाले उम्किन खोजेका तिवारीलाई ईच्छा शक्तिले सरसफाई लगायत सेवाग्राही मैत्री मालपोत प्रशासन हुन सक्ने सिडिओ खरेल जिकिर गरे । कार्यालयमा देखिएका कमिकमजोरीलाई तत्काल सुधार गर्ने मालपोत कार्यालय प्रमुख गोरर्व बहादुर खड्काले प्रतिबद्धता जनाएका छन् ।

अस्त व्यस्त मालपोत कार्यालयका बेथितीको सुची :

१.मालपोतमा कर्मचारीको मनोमानी ।
२.सेवाग्राही प्रति उत्तरदायि देखिएनन कर्मचारी ।
३.कर्मचारीका कार्यकक्षमै फोहर ।
४. कार्यकक्ष भित्रका पर्खालमा माकुराको जालो ।
५. कार्यालयका सहयोगी फाँटमा ।
६.अधिकांश कर्मचारीको आउट ड्रेस ।
७.दुर्गन्धित शौचालय ।
८.कार्यालयमा जथाभावी टाँसिएका पर्चा पम्पलेट
९.मालपोतमा विचौलियाको बिगबिगी ।

प्रतिक्रिया

सम्बन्धित खवर