इन्टरपोलको सम्मेलनमा सहभागी हुन प्रहरी प्रमुख कुँवर फ्रान्स प्रस्थान
सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित

काठमाडौं,वैशाख १०/ नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्सको लियोनमा हुने इन्टरपोलको सम्मेलनमा भाग लिन फ्रान्स प्रस्थान गरेका छन् ।

इन्टरपोल महासचिवालयले वैशाख ११ गतेदेखि १३ गतेसम्म लियोनमा १९औं इन्टरपोल सम्मेलन आयोजना गरेको छ । त्यसमा इन्टरपोल सदस्य राष्ट्रका प्रहरी प्रमुखहरु सहभागी हुन्छन् ।

प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान गरेपछि निमित्तको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले पाएका छन् । अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर