शैक्षिक सत्रको सुरुवातमा ठाकुरबाबाको शिक्षामा ‘बोल्ड’ निर्णय
सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख १० (फरकसमाचार)/ वर्तमान अवस्थामा दिनभरि मजदुरी गर्ने व्यक्तिहरुलाई साँझ र बिहानको छाँक टार्न धौधौ परिरहेको अवस्था छ । व्यापारीले बिजनेस व्यवसायमा चल्दैन भनेर गुनासो गर्छन् । सर्वसाधारणको आम्दानी अनुसारको खर्च थेग्न मुस्किल परिरहेको अवस्था छ ।

‘किताब बोक्दा विद्यार्थी तर्सिने, भर्ना किताबको हिसाब किताब सुन्दा अभिभावक ढल्ने, अस्पतालको बिल सुन्दा परिवार नै ढल्ने’ यो कथन सामाजिक संजालमा भाइरल बनेको छ । निजि बिधालयले पटके भर्ना शुल्क लिदाँ अभिभावकको ढाड सेकिएको छ । यसैबिच ठाकुरबाबा नगरपालिकाका नगर प्रमुखले असल नियतले शिक्षा क्षेत्रमा गरिएको निर्णय बोल्ड भएको उपमा पाएको छ ।

वास्तवमा हो पनि । जब सर्वसाधारणसंग राम्रो आम्दानी हुन्छ तब खर्च गर्न कुनै हेलचेक्राई गर्दैन । आम्दानी न्युन भएपछि स्वास्थ्य शिक्षाको चर्को शुल्क व्यहोर्न हम्मेहम्मे पर्नु स्वाभाविक हो । जिल्लाभरि च्याउ झैं उम्रेका निजी विद्यालयले पटके भर्ना शुल्क लिदाँ अभिभावकको ढाड सेकिएको छ । यसैबिच ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलकराम लम्सालले असल नियतले शिक्षा क्षेत्रमा गरेको निर्णयको चौतर्फी चर्चा भईरहेको छ ।

सरकारी विद्यालयमा राम्रो पढाई हुदैन, निजी विद्यालयमा पढाउनु पर्ने भ्रमलाई चिर्न ठाकुरबाबा नगरपालिकाले सुरुवात गरेको छ । ‘गुणस्तरीय र निःशुल्क शिक्षाका लागि सामुदायिक विद्यालय नै रोजौं’भन्ने वाक्यलाई व्यवहारमा कार्यान्वयन गर्न ठाकुरबाबा नगरपालिका लागिपरेको छ । गत शैक्षिक सत्रबाट शिक्षा क्षेत्रमा ठुलो लगानी गरेको छ ।

सामुदायिक विद्यालयको साख अभिवृद्धि गर्दै अभिभावकको विश्वास जित्नका लागि ठाकुरबाबा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले आफ्नो सन्तानलाई चालु शैक्षिक वर्ष २०८१ बाट अनिवार्य रुपमा पालिका भित्रका सामुदायिक विद्यालयमा भर्ना गर्नु पर्ने नगर शिक्षा समितिले निर्णय गरेको छ । यस निर्णयलाई कार्यान्वयन गराउन सबैमा नगरपालिकाले अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर