अबैध सामानसहित दुई जना पक्राउ
मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख ११(फरकसमाचार)/ जिल्लाको विभिन्न स्थानबाट प्रहरीले विविध अबैध सामानसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट भन्सार छली अबैध रुपमा ल्याएको विविध सामानसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले आइतबार र सोमबार दुई दिनमा जम्मा मुल्य रु ५० हजार ७ सय ७० बराबरको अबैध सामान बरामद गरेको छ । मधुवन नगरपालिका–७ एरियाबाट मुल्य रु ४ हजार ५ सय बराबरको पेय पदार्थ र भेली प्रहरीले आइतबार बरामद गरेको छ । बढैयाताल गाउँपालिका–३ सिमरा एरियाबाट मुल्य रु १६ हजार २ सय ७० बराबरको बेवारिसे अवस्थामा पेय पदार्थ, सुर्ती र पास्ता बरामद गरेको छ ।

गुलरिया नगरपालिका–८ एरियाबाट मुल्य रु १२ हजार बराबरको दुई जिउ बाख्रा फेला पारेको छ । त्यसैगरि सोमबार गुलरिया नगरपालिका–१० कालाबन्जर स्थितबाट मुल्य रु १८ हजार बराबरको तोरी बरामद गरेको छ । तोरीसहित गुलरिया नगरपालिका–१० का ४० वर्षिय प्रभु रैदास र २० वर्षिय राकेश कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

बरामद सामान भारतबाट ल्याएको प्रहरीको ठहर छ । भारतबाट अबैध रुपमा ल्याईएको सामान बरामद गरि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर